अधिकार र आरक्षणले मात्रै हुँदैन,महिलाले पुरुषसँग प्रतिस्पर्धा गर्ने क्षमता विकास गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना


प्रकाशित मिति : फाल्गुन २४, २०७८ मंगलबार

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महिलाका पक्षमा संविधान र कानुनमा भएका अधिकारलाई प्रयोगमा ल्याउन सोहीअनुसार क्षमता विकास हुनुपर्नेमा जोड दिएका छन् । एक सय १२औँ नारी दिवसका अवसरमा पर्वतमा आयोजित ‘नेपालको संविधानमा महिलाका हकअधिकारको व्यवस्था र कार्यान्वयनको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले अधिकार प्राप्त गर्नका लागि महिलाले क्षमता पनि विकास गर्दै जानुपर्ने कुरामा जोड दिएका हुन् ।

महिलालाई धेरै वर्षअघि कानुनमा विभेद गरिएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले अहिले संविधान र कानुनमै अधिकारको ग्यारेन्टी भएको बताए । उनले यस्ता अधिकार र आरक्षणबाट माथि उठेर महिलाले पुरुषसँग प्रतिस्पर्धा गर्ने क्षमताको विकास गर्दै जानुपर्ने बताए । “अब अधिकार र आरक्षणले मात्रै हुँदैन, महिलाले हरेक क्षेत्रमा पुरुषसँग प्रतिस्पर्धा गर्न सक्ने गरी क्षमता विकास गर्दै लैजानुस्” उनले भने, “क्षमताको विकास भएपछि यस्ता आरक्षण चाहिँदैन भनेर प्रतिस्पर्धा गर्ने वातावरण बन्न सक्छ ।”

उनले आगामी स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुख मै प्रतिस्पर्धा गर्न पनि आग्रह गरे । अध्यक्ष तिमिल्सिनाले घरबाट नै विभेदको सुरुआत हुने भएकाले महिलाले छोराछोरीलाई सानैबाट समान व्यवहार गर्दै जान सके उनीहरुले   पनि विभेदको महसुस नगर्नेतर्फ जोड दिए ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य पदम गिरीले नेपालको संविधान र कानुनमा महिला अधिकारका पक्षमा प्रशस्त व्यवस्था भए पनि त्यसको कार्यान्वयनको अवस्था कमजोर भएको बताए । उनले अहिले महिलालाई ३३ प्रतिशत प्रतिनिधित्वको सुनिश्चितता गरेको बताउँदै त्यसलाई बढाउँदै लैजान आवश्यक रहेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com