अमेरिकी डलरको भाउ उच्च,नेपाली मुद्रा अहिलेसम्मकै कमजोर


प्रकाशित मिति : फाल्गुन २४, २०७८ मंगलबार

नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो ।
आज मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १ सय २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय २३ रुपैयाँ ४४ पैसा तोकेको छ ।

पछिल्लो समय लगातार अमेरिकी मुद्रा बलियो बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएको र पछिल्लो समय रुस-युक्रेन युद्धको असरसमेत डलरको मूल्यमा परेको बताउँछ।

विश्वव्यापी रुपमा पछिल्लो समय डलरको माग उच्च रहेको छ । माग उच्च भएको हुँदा डलरको मूल्य बढेको हो । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारतीय रुपैयाँ खस्किँदा नेपाली रुपैयाँको मूल्य समेत कमजोर हुँदै गएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com