पोर्तुगलमा भिसण आगलागी : कम्तिमा ५७ जनाको मृत्यु , ५९ घाइते 


प्रकाशित मिति : असार ४, २०७४ आईतबार

-गणेश पाण्डेय, युरोप।

शनिबार ३ बजेतिर चट्याङ्गका कारण लागेको बिपत्तिजनक आगलागीबाट पोर्तुगलमा कम्तिमा पनि ५७ जनाको मृत्यु भएको छ भने ५९ जना घाइते भएका छन्।

कोइम्ब्राबाट ५० किलोमिटर दक्षिणी पूर्व पर्ने पेद्रोगाऊ ग्रान्दे क्षेत्रको जंगलमा भिसण आगलागी भएपछि आफ्नो ज्यान जोगाउन कारमा भाग्ने क्रममा कारमा नै आगलागी भएर अधिकांसको मृत्यु कारभित्र नै भएको सरकारी अधिकारीहरु बताउछन्। घाइते हुने ५९ जनामा अधिकांस अग्नि नियन्त्रकहरु रहेका छन्।

पोर्तुगलका प्रधानमन्त्री एन्तोनियो कोस्टाले आफ्नो सम्बोधनमा भनेर छन् ” जंगल आगलागीको सम्बन्धमा भएको यो घटना दशककै सबैभन्दाठुलो , दुखद र अतिनै दुर्भाग्यपूर्ण छ। मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने सम्भावना छ। ”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।


गृह सचिब जोर्ज मोगेजले आफ्नो सम्बोधनमा भनेका छन् ” मृत्युहुनेमा ३० जना कारभित्र र अरु १७ जना गाडीहरुको आइ सी ८ राजमार्गको सडकमा नजिकै फेला परेका थिए। ”

६०० जना भन्दा बढी अग्निनियन्त्रकहरु परिचालन गर्दा पनि आगो नियन्त्रणमा लिन सकिएको छैन। घाइते हुने ५९ जनामध्ये १ जना आठ बर्षिया बालिका पनि छिन जो आगोको नजिक आफन्त खोज्दै घुमिरहेकी भेटिएकी थिईन। ६ जना अग्निनियन्त्रकको अवस्था नाजुक छ भने २ जना अग्निनियन्त्रक हराईरहेका छन्। अग्निनियन्त्रकहरु आगो प्रभावित धेरै क्षेत्रमा अझै पनि पुग्न नसकेकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने चेतावनी दियिएको छ। घाइतेहरुको खोजि कार्य निरन्तर जारी राखिएको छ।


पोर्तुगलमा अत्याधिक गर्मि बढेसंगै शनिबार भएको मेघगर्जन र चट्याङ्गका कारण पोर्तुगलको ६० भन्दा बढी ठाउमा जंगली आगो लागेको थियो जसको नियन्त्रणको लागि देशभरी १७०० भन्दा बढी अग्निनियन्त्रकहरु परिचालन गरिएको थियो। पोर्तुगलको अधिकांस ठाउमा अहिले तापक्रम ४० डिग्रीभन्दा बढी भएर ग्रिष्मवायु चलिरहेको छ, अधिकांस ठाउमा शनिबार पानी परेतापनि पेद्रोगाऊ ग्रान्दे क्षेत्रमा पानी नपर्नु र ग्रिष्मवायु अत्याधिक चलेकोले जंगली आगो अनियन्त्रित र अप्रत्यासित रुपमा फैलिएको जनाईएको छ ।

अग्निनियन्त्रण गर्न स्पेनले २ ओटा अग्निनियन्त्रक जहाज पठाएको छ। अत्याधिक ग्रिष्मवायुको कारण अग्निनियन्त्रण गर्नु प्रकृतिको हातमा रहरको अधिकारीहरु बताउछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com