आत्मरक्षाका लागि महिला सबल हुनुपर्नेः प्रदेश प्रमुख शेरचन


प्रकाशित मिति : फाल्गुन २०, २०७८ शुक्रबार

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले महिलाले आफ्नो रक्षाका लागि सामान्य सैन्य तालिम लिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले आत्मारक्षाका लागि महिला सबल हुनुपर्ने आवश्यकता औँल्याउनुभएको हो । राष्ट्रिय मानवअधिकार आयोगले बुटवलमा आयोजना गरेको मानवअधिकार रक्षक प्रादेशिक सम्मेलनलाई सम्बोधनका क्रममा प्रदेश प्रमुख शेरचनले मावनअधिकारको उल्लङ्घन राज्यपक्षबाट पनि हुने गरेको जिकिर गर्नुभयो ।

दलित, मुस्लिम, मधेसीलगायत सीमान्तकृत समुदाय अझै पनि अपहेलित जीवन बिताउन बाध्य भएकाले उनीहरुको मानवअधिकार सुरक्षित गराउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

लुम्बिनी प्रदेशका सांसद फकरुद्दिन खानले गरिबीका कारण कठिनाइ भोगेका समुदायलाई राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो । तिलोत्तम नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीले सामाजिक परिस्थितिका कारण अझै पनि हाम्रो मानवअधिकार सुरक्षित हुन नसकेको बताउनुभयो उक्त आयोले आयोजा गरेको सो कार्यक्रममा प्रदेशका १२ जिल्लाका मानवअधिकारकर्मी र पत्रकारको सहभागिता रहेको छ । सम्मेलन भोलि समापन हुने जनाइएको छ ।-RSS

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com