एमसिसीमा द्वन्द्व सिर्जना गरेर राजनीति नगर्न अध्यक्ष ओलीको आग्रह


प्रकाशित मिति : फाल्गुन १७, २०७८ मंगलबार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सहयोग मिलीनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धी सम्झौता संसद्बाट पास भइसकेकाले अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्ने बताएको छ ।

एमालेले एमसिसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमसिसीको पक्षमा आफ्नो धारणा सार्वजनिक गर्दै विदेशी सहायताको सम्झौता गर्नु अगाडि यथेष्ट ध्यान दिनुपर्नेमा सम्झौता नै गरिसकेपछि यसको कार्यान्वयनमा लाग्नुपर्ने बताएको हो ।

सो अवसरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसीलाई विकास परियोजनाका रुपमा लिनुपर्ने बताउँदै यसमा मतभेद, द्वन्द्व सिर्जना गरेर राजनीति नगर्न आग्रह गर्नुभयो । एमसिसीको विरुद्धमा सडकमा कार्यकर्ता ओरालेर आन्दोलन गराउनु गलत भएको उहाँको भनाइ थियो ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले तत्काल ताजा जनादेशका लागि सरकार जानुपर्ने बताउँदै लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेस र एमालेबीच छलफल भएको बताउनुभयो । उहाँले लोकतन्त्रका लागि लड्दै आएको नेपाली कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्नेसमेत बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले एमसिसी पास गर्दा आफूहरूलाई संसदीय प्रक्रियामा सहभागी हुने वातावरणसमेत नबनाई एमालेलाई पाखा लगाउने काम भएको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले प्रतिनिधिसभामा प्रस्तुत गरिएको एमसिसीको व्याख्यात्मक टिप्पणी भ्रमको खेती भएको आरोप लगाउनुभयो ।

एमसिसी सम्झौता इन्डो प्यासिफिक रणनीति (आइपिएस)को अङ्ग हो भनेर हल्ला चलाइएको तथा आफ्नो सरकारले संसद्मा पेस गरेर गल्ती ग¥यो भनिएको प्रसंग उल्लेख गर्दै उहाँले तत्कालिन मन्त्री प्रदीप ज्ञवाली अमेरिका गएर यसलाई आइपिएसको अङ्ग बनाइयो भनेरसमेत हल्ला चलाइएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “अमेरिका भनिरहेको छ आइपिएसको अङ्ग होइन । अहिले उहाँहरु पनि भन्नुहुन्छ आइपिएसको अङ्ग होइन । व्याख्यात्मक घोषणामा पनि उनीहरुले होइन भनेका छन् । अनि ज्ञवालीले आइपिएसको अङ्ग बनाएको भनेर कोलाहल किन गरेको ?”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com