यसरी सफल भयो देशकै नमूना आयोजना ‘गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल’


प्रकाशित मिति : फाल्गुन १७, २०७८ मंगलबार

 

-सीबी अधिकारी

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल केवल निर्माणका हिसाबले मात्र नभई देशकै नमूना परियोजनाका रुपमा पनि स्थापित भएको छ ।

रुग्ण अवस्थामा पुगेको आयोजनाको कुशल व्यवस्थापन र प्रभावकारी योजना कार्यान्वयनबाट कसरी सम्पन्न भयो भन्ने दरिलो सन्देश पनि पेस गरेको छ, भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल । राष्ट्रिय गौरवका अन्य आयोजना समस्याग्रस्त बनिरहेका बेला गौतमबुद्ध विमानस्थको निर्माण प्रगति अन्य आयोजनाका निम्ति पनि उदाहरण बन्न पुगेको हो । रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यान्त्रिक परीक्षण उडान ९क्यालिब्रेशन फ्लाइट० सम्पन्न गरेको यो विमानस्थल आगामी जेठ २ गते ९बुद्ध पूर्णिमा० देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का नवनियुक्त महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

उहाँले समस्याग्रस्त अवस्थामा रहेको आयोजनाले निर्माण सम्पन्न मात्रै भनई नागरिक उड्डयन इतिहासमा उदाहरणीय बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “रुग्ण अवस्थामा पुगेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल कसरी सफल भयो । नेपालमा जहाज अवतरण भएको ७४ वर्षपछि नयाँ अन्तरराष्ट्रिय विमानस्थलमा ‘भर्जिन रनवे’ मा जहाज अवतरण भयो । यो नेपालको एभिएशनमा अर्को उदाहरण हो । आश मारिसकेको परियोजना कसरी सफल भयो भन्ने दरिलो उदाहरण पनि बनेको छ ।”

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले अवरोध भएको थियो । पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएको हो ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको छ । अब दोस्रो चरणको टर्मिनल भवन निर्माण पनि छिट्टै सुरु गरिनेछ । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल काठमाडौँ विमानस्थलकै क्षमताको हुनेछ । जहाँ सबै प्रकारका जहाज उडान अवतरण गर्न सक्नेछन् ।

गौतमबुद्ध विमानस्थबाट नारायणी पश्चिम जिल्लाका नागरिकलाई बढी लाभ लिन सक्नेछन् । काठमाडौँ विमानस्थलमा जुन ‘क्याटोगोरी’ का जहाज उड्छन् सोही प्रकृतिका जहाज गौतमबुद्धमा उड्ने बताउँदै महानिर्देशक अधिकारीले बुद्धको जन्मभूमिमा कनेक्शन र कनेक्टिभिटीलाई ध्यान दिएर विमानस्थल निर्माण गरिएको उल्लेख गर्नुभयो ।

बौद्धमार्गीको हब विमानस्थल

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति गौतमबुद्ध विमानस्थलको निकै महत्व रहने बताइन्छ । सगरमाथा र गौतमबुद्धको देश भनेर चिनाउन पनि यो विमानस्थलको महत्वपूर्ण भूमिका हुने महानिर्देशक अधिकारीको भनाइ छ । गौतमबुद्ध विमानस्थलमा बौद्ध मार्गीको बाहुल्यता भएका चीन, श्रीलङ्का, म्यानमार, कम्बोडियालगायत मुलुकबाट सिधा हवाई उडान हुने विश्वास लिइएको छ । गौतमबुद्ध विमानस्थलमा हालकै हवाई रुटमार्फत उडान गरिनेछ । हाल सिमराबाट ‘हवाई इन्ट्री रुट’ रहेको छ । थप रुटका लागि नेपालले भारतसँग पहल गरिरहेको छ ।

प्रसिद्ध लुम्बिनी क्षेत्र नजिकै रहेकाले लुम्बिनीको प्रवद्र्धनमा पनि यो विमानस्थले टेवा पुग्छ । विश्वभरका बौद्धमार्गी सम्बन्धित मुलुकबाट सिधै लुम्बिनी पुग्ने भएकाले पनि यो विमानस्थलको महत्व रहेको महानिर्देशक अधिकारीको भनाइ छ । कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । गौतमबुद्ध विमानस्थल पनि अहिलेको अवस्थामा करिब २० लाख मात्रै यात्रु धान्ने भएकाले दोस्रो टर्मिनल भवन चाँडो बनाउनुपर्ने बाध्यता रहेको प्राधिकरणको भनाइ छ ।

अन्तरराष्ट्रिय विमानस्थलका लागि चाहिने आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन भएको र भन्सार, अध्यागमनलगायत तयारी गरेर व्यावसायिक उडान सञ्चालन गरिने प्राधिकरणले जनाएको छ ।

क्यालिब्रेशनको प्रारम्भिक प्रतिवेदन सकारात्मक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा गरिएको क्लालिब्रेशन फ्लाइटको प्रारम्भिक प्रतिवेदन सकारात्मक पाइएको छ । एरो थाईको विशेष जहाजले गत फागुन ६ देखि १५ गतेसम्म कूल १० दिन क्यालिब्रेशन उडान गरेको थियो । उक्त उडानका क्रममा विमानस्थलमा जडान भएका उपकरण र बत्ती लगायतले सही ढङ्गले काम गरेका छन् कि छैनन् भनेर परीक्षण गरिएको थियो । उडानमा रहेको जहाजको उचाइ, दूरी, मार्ग तथा उडान र अवतरण गर्दा धावनमार्गमा जडित बत्ती ९लाइट०, सञ्चारसँग सम्बन्धित उपकरणको परीक्षण भएको विमानस्थलले जनाएको छ ।

क्यालिब्रेशन फ्लाइट किन गरिन्छ

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा धावनमार्ग र टर्मिनल भवन निर्माण गरिसकेपछि सञ्चालनमा ल्याउँदा सुरक्षित हवाई उडानको प्रत्याभूत गराउनुपर्ने हुन्छ । हवाई जहाजलाई कसरी सुरक्षित उडान अवतरण गराउन सक्छौँ, सप्लाइ आइसिपी सिएनएस एटिएम जिरो टू ९सी–कम्युनिकेशन, एअरक्राफ्टमा भएका पाइलट र ग्राउन्डमा भएको टावरबीचको कम्युनिकेशन र नेभिगेशन ९पथप्रदर्शक गर्ने० यन्त्र हो । मौसमी उपकरण पनि जडान गरिएको छ । विमानस्थलमा अत्याधुनिक उपकरणका रुपमा आइएलएस प्रणाली जडान गरिएको छ । जसले मौसम खराबीको अवस्थामा पनि जहाजलाई सजिले अवतरण गराउन सकिन्छ । भविष्यमा यसलाई अझ विस्तृत बनाइने विमानस्थलको योजना छ ।

क्यालिब्रेशन उडान विशेष प्रकृतिको जहाजबाट गरिन्छ । ग्राउन्डमा इन्जिनियरले जडान गरेका उपकरणहरुलाई अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डअनुरुप छन् कि छैनन् । सञ्चार प्रक्रिया ठीक ढङ्गले भइरहेको छ कि छैन । विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आउँदा अन्तरराष्ट्रिय स्तरको मापदण्डअनुरुप छ कि छैन भनेर क्यालिब्रेशन उडान गरिएको आइसिपी टू का आयोजनाका प्रमुख इन्जिनीयर प्रवीण न्यौपानेले जानकारी दिनुभयो । उहाँले प्रारम्भिक प्रतिवेदन सन्तोषजनक पाइएको बताउनुभयो । अन्तिम रिपोर्ट आएपछि सम्पूर्ण जानकारी प्राप्त हुनेछ ।

विमानस्थलको दुई चरण आइसिपी ‘वान’ ९भौतिक संरचनाः निर्माण धावनमार्ग र टर्मिनल भवन० तथा आइसिवी ‘टू’ ९सञ्चार उपकरण जडानः यान्त्रिक उपकरण० अन्तर्गतको काम सम्पन्न भएको हो । आइसिपी टूको ठेक्का पाएको एरो थाई कम्पनीले यान्त्रिक परीक्षण उडान गरेको थियो । आइसिपी टू आयोजना प्रमुख न्यौपानेका अनुसार  उडान प्रतिवेदन सकेसम्म दुई साताभित्रै उपलब्ध गराउन आग्रह गरिएको छ ।

नेपाल एयरलाइन्सले परीक्षण उडान गर्ने

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले परीक्षण उडान गर्ने जनाइएको छ । निगमको वाइड बडी ‘ए’ ३३० जहाजले परीक्षण उडान गरिनेछ । आइकाओको सर्टिफिकेशन सकेर व्यावसायिक उडान सञ्चालन गरिने प्राधिकरणले जनाएको छ । वैशाख १ गते ‘नयाँ वर्षमा नयाँ विमानस्थल’ थिमसहित विमानस्थलमा परीक्षण उडान हुने र जेठ २ गतेदेखि व्यावसायिक उडान गरिने प्राधिकरणका महानिर्देशक अधिकारीले बताउनुभयो ।-फाईल फोटो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com