नक्कली कागजात बनाएर विदेश पठाउने ५३ म्यानपावर कम्पनी सञ्चालकलाई ६ महिना कैद


प्रकाशित मिति : फाल्गुन १६, २०७८ सोमबार

वैदेशिक रोजगार न्यायाधीकरणले नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गरी ५३ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कैद तथा जरिवाना गर्ने फैसला गरेको छ ।

वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री तथा सदस्यद्वय निशा बानियाँ र डा गोपिचन्द्र भट्टराईको इजलासले ५३ वटा म्यानपावर सञ्चालकलाई नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गर्दै ६ महिना कैद र  एक लाख जरिवाना हुने फैसला गरेको हो ।

इजलासले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४७ ९१० को कसुर गरेको ठहर गरी छ महिना रु एक लाख जरिवाना गर्ने फैसला गरेको हो ।

इजलासले नक्कली कागजात तयार गर्ने कम्पनीको सञ्चालक शेरबहादुर महर्जनलाई तीन महिना कैद र रु ५० हजार सजाय गर्ने फैसला सुनाएको छ भने उक्त कम्पनीमा काम गर्ने कर्मचारीलाई अनिलकुमार महर्जनलाई भने सफाइ दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com