आईआरएसबाट ७८ बिलियन डलर ट्याक्स रिफण्ड जारी, औषत ३५३६ डलर


प्रकाशित मिति : फाल्गुन १३, २०७८ शुक्रबार

अमेरिकाको आईआरएसले २२ मिलियन व्यक्तिलाई ७८ बिलियन डलर ट्याक्स रिफण्ड जारी गरेको जनाएको छ । गतबर्ष औषत रिफण्ड रकम २८ सय १५ डलर रहेकोमा अहिले त्यसमा झण्डै ७ सय डलर बढेर ३५३६ डलर भएको छ ।

अमेरिकामा ट्याक्स फाइलको सिजन चलिरहँदा आईआरएसले योग्य कर दातालाई रिफण्ड समेत जारी गरिरहेको छ । अनलाइनबाट ट्याक्स फाइल गरेको २१ दिनभित्र अधिकांशलाई आईआरएसले रिफण्ड रकम उपलब्ध गराएको छ ।

अनलाइनबाट फाइल गरेका र डाइरेक्ट डिपोजिटका लागि बैंक एकाउन्ट दिएकाहरुले छिटो रिफण्ड प्राप्त गर्ने भएतापनि कागजी रुपमा फायल गर्ने र रिफण्ड रकम हुलाकबाट मगाउनेहरुले भने रिफण्ड प्राप्त गर्न केही लामो समय लाग्ने आईआरएसले जनाएको छ । पहिले नै चाइल्ड ट्याक्स क्रेडिट लिइसकेका लगायतले भने कम रिफण्ड प्राप्त गर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आईआरएसले फरबरीको मध्यसम्म अर्नड इन्कम ट्याक्स क्रेडिट र अतिरिक्त चाइल्ड ट्याक्स क्रेडिटका सन्दर्भमा रिफण्ड जारी गरेको थिएन । आईआरएसका अनुशार ट्याक्स फाइल गर्नेहरुले उक्त रिफण्ड रकम मार्चको १ सम्म प्राप्त गर्न सक्नेछन् । रिफण्ड रकमबारे अपडेट आईआरएसको वेवसाइटमा पनि हेर्न सकिन्छ ।

कसरी बढ्यो रिफण्ड ?

अमेरिकामा दशौं लाख व्यक्ति यो बर्ष ट्याक्स रिफण्ड बुस्ट प्राप्त गर्न योग्य भएका छन् । कम आम्दानी भएका दशौं लाखले एकपटक प्राप्त गर्न सकिने अर्नड इन्कम ट्याक्स क्रेडिट एउटा समुहका लागि तीनगुणा बनाइएको छ, जो सामान्यतया बच्चा नभएकाहरुका सन्दर्भमा निकै कममात्र प्राप्त हुने गर्दथ्यो ।

सन् २०२१ को ट्याक्स फाइल गर्नेहरुमा बच्चा नभएका कम आम्दानी भएकाहरुले १५ सय डलरसम्मको क्रेडिट प्राप्त गर्नेछन् जुन सन् २०२० को तुलनामा झण्डै तेब्बर हो । गतबर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको १ दशमलव ९ बिलियन डलरको अमेरिकन रेस्क्यु प्लानमा क्रेडिट विस्तार गर्नुका साथै आम्दानीको मापदण्ड बढाइएको थियो ।

अमेरिकन रेस्क्यु प्लानमा व्यवस्था भए अनुशार पूर्णकालिन विद्यार्थी नरहेको १९ बर्षभन्दा माथिको आम्दानी भएको जो सुकै व्यक्तिले पनि यो क्रेडिट दावी गर्नसक्ने संघीय कर नीतिका सहनिर्देशक क्रिस कोक्सको भनाई छ । बच्चा नभएका करदाताहरुले २१ हजार ४ सय ३० डलरसम्म आम्दानी गरेको भएमा यो क्रेडिट दावी गर्न सक्छन् । त्यस्तै उबर चालक लगायत एप्लीकेशनबाट काम गर्ने र स्वरोजगारहरुले पनि यो क्रेडिट दावी गर्न सक्छन् ।

विगतका बर्षहरुमा १६ हजारभन्दा धेरै आम्दानी भएकाहरु यो क्रेडिटका लागि अयोग्य रहदै आएका थिए । सन् २०२० को महामारीमा जागिर गुमाएका करदाताहरुले सन् २०१९ को आम्दानी छनौट गरेर समेत यो क्रेडिटको दावी गर्न सक्छन् । विगतमा यो क्रेडिट २५ देखि ६४ बर्षसमुहकाले मात्र दावी गर्न सक्ने भएपनि यसपटक १९ बर्षमाथिकाले दावी गर्न सक्छन् । होमलेस र फोस्टर केयरमा रहेका १८ बर्षकालेसमेत दावी गर्न सकिनेछ ।

झण्डै २० मिलियन कामदारहरु या थप गरिएकोे क्रेडिटवाट लाभान्वीत हुने अपेक्षा गरिएको छ । सामान्यतया कुनै केडिट नपाउनेहरुले पनि यो बर्ष सामान्यतया भन्दा धेरै रकम पाउनेछन् । सामान्यतया २५ मिलियनसम्मले हरेकबर्ष यो क्रेडिट दावी गर्दै आएका छन् । तर बच्चाबच्ची नभएकाहरुले भने निकै कममात्र रकम पाउँदै आएका थिए ।

गतबर्ष एक्लो व्यक्तिले यो क्रेडिट पाउन १५ हजार ८ सयभन्दा कम आम्दानी भएको हुनुपर्ने प्रावधान थियो । र अधिकतम क्रेडिट एकल व्यक्तिका लागि ५४० डलरमात्र थियो । तर दुईजना छोराछोरी भएको एकल व्यक्तिले ४७ हजारसम्म आम्दानी भएको अवस्थामा ५ हजार ८ सय डलरसम्म यो क्रेडिट पाउन सक्थ्यो ।

अधिकांश व्यवसायीक ट्याक्स सफट्वेयरले ट्याक्स फाइल गर्ने व्यक्तिलाई उनीहरु यो क्रेडिटका लागि योग्य नभए नभएको निर्धारण गर्न केही प्रश्नहरु सोध्छन् । करदाताले यो क्रेडिट दावी गर्न केही पनि तिर्नुपर्दैन । बार्षिक ७३ हजारभन्दा कम आम्दानी भएकाहरु निशुल्क ट्याक्स फाइल गर्न योग्य हुन्छन् ।

कागजमा ट्याक्स रिटर्न फाइल गर्दा फर्म १०४० मा अर्नड इन्कम ट्याक्स क्रेडिट देखिन्छ, थप पेपरवर्क आवश्यक हुँदैन । तर तपाईले ट्याक्स फाइल गरिदिने व्यक्तिलाई यो क्रेडिटका लागि आफू योग्य भए नभएको अवश्य सोध्नुहोला । याद गर्नुहोस्, तपाई २०२१ को आम्दानीले योग्य नभएपनि २०१९ को आम्दानी प्रयोग गरेर समेत यो क्रेडिट दावी गर्न सक्नुहुनेछ । तपाईले जुन बर्षको आम्दानी छनौट गर्दा धेरै रकम पाउनुहुनेछ, त्यो बर्षको आम्दानी छनौट गर्न सक्नुहुनेछ ।

तर सन् २०२१ को आम्दानी मापदण्डभन्दा धेरै भएका कारण २०१९ को आम्दानी प्रयोग गर्न भने पाइदैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com