नेपाली अर्गानिक चियाको माग अमेरिकी बजारमा बढ्दो


प्रकाशित मिति : फाल्गुन ९, २०७८ सोमबार

अमेरिकाको न्यूयोर्कमा आयोजित १५औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीले सहभागिता जनाएका छन् ।

शनिबार र आइतबार न्यूयोर्कको ब्रुक्लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली कम्पनी ‘नेपाली टी’ र ‘नेपाली कफी ८८४८’ ले सहभागिता जनाएका थिए । ती चिया पसलमा पुगेर नेपाली चिया र कफीको स्वाद लिने उपभोक्ता धेरै रहेका सो महोत्सवमा सहभागीले जनाएका छन् ।

सो महोत्सवमा चिया र कफीको सहभागिताका लागि न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतको कार्यालयले समन्वय गरेको थियो । यस्ता प्रदर्शनीमा सहभागिताले नेपालका पहाडी भेगमा उत्पादित चिया तथा कफीले अन्तर्राष्ट्रिय बजारको पहुँच वृद्धि गर्न मद्दत पुग्ने कन्सुलर जनरल विष्णु गौतमले बताउनुभयो ।

चिया तथा कफीको अन्तर्राष्ट्रिय बजार निकै प्रतिस्पर्धी छ, त्यसका लागि नेपालमा यस व्यवसायमा लागेका व्यवसायीले अर्गानिक उत्पादनमा ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगत छ वर्षदेखि नेपालमा उत्पादित चियाको अमेरिकामा प्रवद्र्धन तथा बजार व्यवस्थापन गर्दै आएका नेपाल टी एलएलसीका संस्थापक निश्चल बाँस्कोटाले महोत्सवमा सहभागिता जनाएर नेपाली चियाको प्रवद्र्धनमा मद्दत पुगेको बताउनुहुन्छ ।

अमेरिकाका विभिन्न राज्यमा आयोजना हुने चिया तथा कफीसम्बन्धी प्रदर्शनीमा समेत सहभागिता जनाउँदै आएका बाँस्कोटाले नेपालको अर्गानिक चियाको राम्रो बजार रहेको र यसमा उपभोक्ताको माग बढ्दै गएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “परिमाणमा अहिले यति नै भन्न नसकिए पनि अमेरिकी बजारमा नेपाली चियाको माग दिनप्रतिदिन बढ्दै गएको छ, हामीसँग नेपाली चिया माग्ने उपभोक्ता पहिलेभन्दा निकै धेरै छन् ।”

उहाँले नेपालका कृषकले उत्पादन गरेको अर्गानिक चिया अमेरिकी बजारमा सिधै उपभोक्तासम्म पु¥याउनका लागि पहल गरिरहेको बताउँदै विश्वबजारमा चियामा उच्च प्रतिस्पर्धा रहेको तर नेपाली माटोको चियाले अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरेकाले उपभोक्तासम्म पु-याउन सजिलो भएको जानकारी दिनुभयो ।-RSS

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com