महाकाली करिडोरको काम कछुवा गतिमा


प्रकाशित मिति : फाल्गुन ६, २०७८ शुक्रबार

शेरबहादुर सिंह/ महाकाली करिडोरको शून्य बिन्दुबाट १४ किलोमिटर क्षेत्रसम्म पर्ने वन क्षेत्रमा रुख कटानको सहमति नपाउँदा निर्माणको काम प्रभावित भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि १४ किलोमिटर उत्तर करिडोरको ट्रयाक खोल्न सात महिनाअघि निर्माण कम्पनीसँग सम्झौता भए पनि वनबाट रुख कटानको सहमति नमिलेको महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाले जनाएको छ ।

“ब्रह्मदेव क्षेत्रको १४ किलोमिटरसम्म ट्रयाक खोल्न रु पाँच करोडमा ठेक्का भएर कामको सुरुआत गर्न भने पनि वनले गर्दा समस्या भएको छ”, महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका सवइन्जिनियर दौलत धामीले भन्नुभयो, “वनको सहमति बिना रुख कटान गर्न सकिन्न ।”

महाकाली करिडोरको ट्रयाक खोल्ने जिम्मेवारी पाएका दिवा–शनिदेव जेभीका आधिकारिक प्रतिनिधि शनिदेव भट्टले लामो समय भइसक्दा पनि वनबाट रुख कटानको सहमति नआउँदा समस्या भइरहेको बताउनुभयो । “साना र ठूला गरेर करिब चार हजार रुख काट्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “रुख कटानको अल्झनले काम गर्नै गाह्रो भयो ।” उहाँले ट्रयाक खोलिसक्ने बेला भइसक्दासम्म पनि कटान समस्या हुन नभएको दुखेसो पोख्नुभयो ।

करिडोरअन्तर्गत १४ किलोमिटर ट्रयाक खुले डडेल्धुराको जोगबुढा क्षेत्र सहजै पुगिन्छ । त्यसैगरी डडेल्धुरा क्षेत्रमा पनि करिडोरको ट्रयाक खुलाउने काम भइरहेको योजनाका सवइन्जिनियर धामीको भनाइ छ । ४२५ किलोमिटर लम्बाइ भएको करिडोरअन्तर्गत विभिन्न प्याकेजमा निर्माणको काम भइरहेको छ । लामो समयसम्म सो क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) हुन नसक्दा काममा ढिलाइ भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि महाकाली करिडोर सडक निर्माण योजनाको अवधारणा अगाडि सारिएको भए पनि करिडोरको काम कछुवा गतिमा छ । डडेल्धुरामा ३८ किलोमिटरसम्म ट्रयाक खुलिसकेको सवइन्जिनियर धामीको भनाइ छ । “डडेल्धुरामा ५५ किलोमिटर ट्रयाक खोल्नुपर्नेमा ३८ किलोमिटरसम्म खुलिसकेको छ”, उहाँले भन्नुभयो, “बाँकीमा ट्रयाक खोल्ने ठेक्का प्रक्रियाको चरणमा छ ।”

त्यसैगरी बैतडीमा १५ देखि २० किलोमिटर महाकाली मार्गमा पर्छ । त्यहाँ करिब ५५ किलोमिटर ट्रयाक खुलिसकेको भए पनि अझै ६०÷७० किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको उहाँले बताउनुभयो । चारवटै जिल्लामा ट्रयाक खोल्न अहिले रु ५० करोड बराबरको काम चलिरहेको उहाँले जानकारी दिनुभयो ।

विसं २०६५ देखि निर्माण सुरु भएको दार्चुला तिङ्कर सडकलाई २०७२ सालमा महाकाली करिडोरअन्तर्गत गाभिएको हो । बैतडीको पञ्चेश्वर क्षेत्रमा ५७ किलोमिटर ट्रयाक खोल्ने काम चलिरहेको छ । त्यसका लागि रु १४ करोडको ठेक्का भएको छ भने २७ किलोमिटर ट्रयाक खोल्न सम्झौता भइरहेको आयोजनाको कार्यालयले जनाएको छ ।

साविकको दार्चुला तिङ्कर सडकखण्डको कूल १३४ किलोमिटरमध्ये ८७ किलोमिटर व्यास गाउँपालिका–२ कोठेधारदेखि तिङ्करसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । सेनाले गरिरहेको कामको केही दिनअघि प्रधानसेनापति प्रभुराम शर्माले समेत निरीक्षण गर्नुभएको थियो । दार्चुलाको लेकम क्षेत्रमा ट्रयाक खोल्न रु १० करोडको सम्झौता भएर काम भइरहेको छ । “लेकम क्षेत्रमा ३४ किलोमिटर ट्रयाक खोल्ने काम भइरहेको छ”, सवइन्जिनियर धामीले भन्नुभयो, “व्यास गाउँपालिकामा पर्ने छ किलोमिटर सडकमा अन्य संरचना निर्माणको काम भइरहेको छ ।”

करिडोरअन्तर्गत ट्रयाक खोल्ने काम भइरहेको भए पनि अझै सडक कालोपत्र भने कहीँ पनि भएको छैन । “पहिलोपटक आयोजनाअन्तर्गत दार्चुलाको खलङ्गा–सुनसेरा १९ किलोमिटर र सलेतीदेखि बेदसम्म १२ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का आह्वान हँुदैछ”, उहाँले भन्नुभयो, “३१ किलोमिटर सडक कालोपत्र गर्ने तयारी यसपालि छ ।”-RSS

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com