‘अन्तिम इच्छा नसोध मलाई’ (भिडियो सहित)


प्रकाशित मिति : फाल्गुन ६, २०७८ शुक्रबार

शास्त्रीय गायनका प्रशिक्षक किरण पुञ्जले नयाँ साङ्गीतिक सौगात ‘अन्तिम इच्छा नसोध मलाई’ सार्वजनिक गर्नुभएको छ ।

करिब १२ वर्षपछि यही गीतमार्फत गायक पुञ्जले गीत रेकर्डिङमा पुनरागमन गर्नुभएको हो । ‘सेण्टिमेण्टल भर्सन’को यस गीतमा राजेन्द्र वाइबाको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको छ ।

‘अन्तिम इच्छा नसोध मलाई, जिउने रहर छँदैछ अझै’, ‘अमर रहन मन छैन मलाई, म तिम्रो सामु रहने छु सधैँ’ लगायत बोलका गीत भिडियोमा समावेश गरिएको छ ।

म्युजिक भिडियोमा नायिका पूजा शर्मा र नायक पुष्प खड्काको अभिनय छ । बुद्ध थापाले छायाङ्कन गरेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । निकेश खड्काको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
https://www.youtube.com/watch?v=vTutmtfE8Eg

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com