रुस–युक्रेनबीच तनाव अन्त्यको पहल गर्न माग गर्दै राष्ट्रसङ्घ कार्यालय अगाडि प्रदर्शन


प्रकाशित मिति : फाल्गुन ५, २०७८ बिहीबार

रुस–युक्रेनबीच तनाव अन्त्य गराउन संयुक्त राष्ट्रसङ्घको विशेष पहल माग गर्दै मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । पुल्चोकस्थित राष्ट्रसङ्घीय कार्यालय अगाडि गरिएको प्रदर्शनमा शान्तिवादीले युद्ध टार्न र शान्ति प्रवद्र्धन गर्न आह्वानसहित शान्तिको अधिकार सदासर्वदा सुरक्षित हुनुपर्नेमा जोड दिएका थिए ।

प्रदर्शनपछि रुस–युक्रेनबीच बढ्दो तनाव कम गर्न र युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्नका लागि संयुक्त राष्ट्रसङ्घले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो ।

शान्ति कायम गराउन माग गर्दै समाजका तर्फबाट राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको पत्र नेपालस्थित राष्ट्रसङ्घ कार्यालयमा हस्तान्तरण गरिएको महासचिव रामकृष्ण बरालले राससलाई जानकारी दिनुभयो ।

प्रदर्शनमा समाजका सल्लाहकार उत्तम पुडासैनी, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव बराल, सचिव मीना ढकाल, सदस्यता अपिल समिति संयोजक बलबहादुर गाहा मगर, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य चन्द्रमणि बञ्जारा, उमा गौतम, सदस्यता अपिल समिति सदस्य ईश्वरा लिङ्देन, काठमाडाँै शाखा कार्यवाहक सभापति भगवान् पुडासैनी, ललितपुर शाखा सभापति सन्जोग चाम्लिङ राई, चितवन शाखा सभापति शम्भु राउत, काठमाडौँ शाखा पूर्वसभापति ईश्वर पुडासैनीलगायत दुई दर्जन शान्तिवादीको सहभागिता थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘युद्ध निषेध : शान्ति विशेष’ भन्ने आह्वानसहित युद्धको विरोध र शान्तिका पक्षमा निरन्तर अभियानरत शान्ति समाजले रुस–युक्रेनबीच युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्नुपर्नेमा जोड दिँदै माघ महिनामा रुपन्देही, काठमाडाँै, दाङ, चितवन र पाल्पामा प्रदर्शन गरिसकेको छ ।-RSS

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com