‘कहानी एकादेशको’ मा बलेको मनछुने अभिनय (भिडिओ)


प्रकाशित मिति : फाल्गुन ४, २०७८ बुधबार

दिपक आचार्य ‘काकु’को ‘कहानी एकादेशको’ गीत सार्वजनिक भएको छ । निशान भट्टराईको आवाजमा रहेको ‘कहानी एकादेशको’ गीतमा सागर लम्साल ‘बले’ को निकै मनछुने अभिनय रहेको छ । सार्वजनिक ‘कहानी एकादेशको’ले अन्तर जातीय प्रेम कथा तथा चेलीबेटी बेच बिखनको वास्तविकता बोलेको छ ।

‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर सार्वजनिक गरेको ‘कहानी एकादेशको’भिडियोले सामाजिक सन्देश बोकेको छ। यसमा दीपक सापकोटा ‘भान्जा’को शब्द संगीत रहेको छ ।

दीपक प्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको ‘कहानी एकादेशको’ कथा बोलको गीतको भिडियोमा सागर लम्साललाई सुप्रिया खनालले साथ दिएकी छन्। दीपकप्रसाद आचार्य, सन्देश लामिछाने, भावना आचार्य लुरी,शालिकराम भण्डारी लगायतकाको अभिनय रहेको छ।

भिडियोको निर्माता दिपक भान्जा र सुष्मा गुरागाईं हुन्। भिडियो द प्रिमियर प्रोडक्सनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक

गरिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com