मिटर ब्याजीको डरलाग्दो जालो, शारीरिक र मानसिक यातनासम्म


प्रकाशित मिति : फाल्गुन ३, २०७८ मंगलबार

चर्को ब्याजदरमा पैसा ऋण दिने तथा साँवा र ब्याज अरू थप्दै जाने अनि त्यसैका कारण शारीरिक र मानसिक यातनासमेत दिने आपराधिक घटना बारम्बार हुने गरेका छन् ।

विभिन्न किसिमबाट असुलिने मिटर ब्याजीको माकुरेजालो देशै भर व्याप्त छ । त्यसमा सानाठूला सबै खालका कारोबार परेका छन् ।

काठमाडौँ उपत्यकामा मात्र नभई तराई मधेसका जिल्लामा पनि मिटर ब्याजको समस्या विकराल छ । केही समयअघि सर्लाहीबाट श्याम परदेशी भन्ने श्यामकुमार साह २९९ जना ऋणीबाट र रामबाबु यादव पनि २५ जना ऋणीसँग मिटर ब्याज लिएको अभियोगमा पक्राउ परेका थिए ।

प्रहरीका अनुसार मिटर ब्याजको र माइलो पक्ष के हुन्छ भने मिटर ब्याजीहरू बेरोजगार हुन्छन् । तर ब्याज दिनेहरू व्यापारी/व्यवसायी हुने गरेका छन् । यस्ता व्यक्तिहरूको झोलाभरि बाउन्स चेक हुने गरेको बताइन्छ । गोरखापत्र

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com