‘फेब्रुअरी २८ सम्म एमसीसी सम्झौता नेपालको संसदबाट पास नभए फिर्ता गर्ने भनेका छैनौं’


प्रकाशित मिति : माघ २६, २०७८ बुधबार

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसीले फेब्रुअरी २८ सम्म सम्झौता नेपालको संसदबाट पास नभए फिर्ता हुने भन्दै आएका समाचारहरुको खण्डन गरेको छ । एमसीसीका प्रेस सेक्रेटरी मार्क रकवेल पेटले फेब्रुअरी २८ मा नेपालको संसदबाट एमसीसी सम्झौता पारित नभए फिर्ता गर्ने भन्दै आएका समाचार गलत भएको उल्लेख गरेका हुन् । पेटले समयसिमा विस्तार हुने तर्फ संकेत गर्दै खसोखाससँग भने – ‘हामीले सम्झौता फिर्ता लिने कुरै गरेका छैनौं ।’

सेप्टेम्बर २९ को पत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्झौता पारित गर्न र प्रतिवद्धता पूरा गर्न चारदेखि पाँच महिनासम्मको समयसिमा मागेकाले उक्त समयसिमा फेब्रुअरी २८ मा पूरा हुने र उक्त अवधिसम्म सम्झौता पारित हुने आफूहरुले खोजिरहेको एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले बताएको पेटको भनाई छ ।

फेब्रुअरी २८ सम्म कुनै कदम नचालिएमा एमसीसीको बोर्ड अफ डाइरेक्टर्सले मार्च २२ मा बस्ने बैठकमा सम्झौता जारी राख्ने वा नराख्ने लगायत आगामी कदमबारे छलफल गर्ने सुमारलाई उद्धृत गर्दै प्रेस सेक्रेटरीले बताएका छन् । सुमारको भनाई उद्धृत गर्दै उनले भने – ‘अनुमोदन नभएको खण्डमा अमेरिकाबाट ५ सय मिलियन डलरको सहायता प्राप्त गर्नका लागि नेपालको योग्यता समाप्त गर्ने अधिकार एमसीसी बोर्डमा रहेको र यस्तो निर्णयले नेपालसँगको एमसीसीको साझेदारीलाई प्रभावकारी रूपमा समाप्त गर्नेछ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com