‘तिमी’ भनेर बोलाउने श्रीमान्ले ‘तँ’ भन्दा


प्रकाशित मिति : माघ २२, २०७८ शनिबार

 

दुर्गा देवकोटा/ कैलालीकी रुपा आजभोलि सम्मानजनक व्यवहारका कुरा गर्नुहुन्छ । १३ वर्षको कलिलै उमेरमा विवाह गर्नुभएकी उहाँका श्रीमान् जागिरे हुनुहुन्छ । उहाँले भन्नुभयो, “तीन सन्तानकी आमा हुँदासम्म श्रीमान्बाट मैले कहिल्यै राम्रो व्यवहार पाइनँ । पतिले सधैँ घरको नोकरजस्तै सोँचिरहनुभयो । राम्रो बोलीवचनसम्म गर्नुभएन । सन्तान नहुर्कुञ्जेल श्रीमान्का सबै व्यवहार सहेर बसेँ ।”

सन्तान हुर्किसकेपछि उहाँलाई श्रीमान्ले गर्ने दुव्र्यवहारविरुद्ध आवाज उठाउन मन लाग्यो । साथै वैवाहिक जीवनको २३ वर्षपछि उहाँ अलग हुने निर्णयमा पुग्नुभयो । “मलाई श्रीमान्ले कहिल्यै सम्मानजनक व्यवहार र अवसर दिनुभएन । खानलाउन दिनुभयो, धन सम्पत्ति पनि दिनुभयो तर इज्जत दिनुभएन”, उहाँले भन्नुभयो, “दम्पती भनेका जोडी हुन् ।

जोडी बराबर भए पो जीवन सजिलो हुन्छ । मैले सधँै मीठो बोल्नुपर्ने, स्याहार गर्नुपर्ने, माया दिनुपर्ने तर श्रीमान्ले तिमी भनेर सम्मानजनक बोल्न पनि नचाहने । उहाँ अरु केही गलत हुनुहुन्नथ्यो, म आत्मसम्मान गिरेको महसुस गर्न थालेँ, उहाँले कहिल्यै बुझ्नु भएन । मनमुटाव विस्तारै बढ्दै गयो, दुःखी भएर बस्नुभन्दा अलग बस्ने निर्णय ग-यौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्बन्धविच्छेदपछि हाल रुपा सम्बन्धमा सम्मानजनक व्यवहार चाहिन्छ भनी सिकाउन थाल्नुभएको छ । उहाँ आजभोलि सामाजिक जीवनमा सक्रिय हुनुहुन्छ र समाजमा महिला र पुरुषबीच समान तथा सम्मानजनक व्यवहार हुनुपर्छ भनी सिकाउने गर्नुहुन्छ ।

कैलालीकै रमा धामीलाई पनि श्रीमान्को व्यवहार पटक्कै मन पर्दैन । उहाँ श्रीमान्ले जीवनसाथीको जस्तो व्यवहार गरुन् भन्ने चाहनुहुन्छ । प्रेम विवाह गर्नुभएकी उहाँले सुरुआती दिनमा श्रीमान्बाट साथीजस्तै व्यवहार पाउनुभयो । विवाहपछि व्यवहार बदलियो । ‘‘विवाहअघि हामी तिमी भनेर बोल्थ्यौँ, परिवारको सहमतिमा विवाह भयो”, उहाँ भन्नुहुन्छ, “भोलिपल्टबाट मलाई हजुर भनेर सम्बोधन गर्न परिवारले अह्राए, नाम लिएर वा तिमी भनेर बोल्दा श्रीमान्को नाम लिएर बोल्ने सभ्यता नभएकीरहिछ भनी कुरा काटे ।”

परिवार र छिमेकीले कुरा काटेपछि उहाँलाई अप्ठ्यारो प¥यो । उहाँले बोलीचनमा सुधार गर्नुभयो । परिवार र समाजले चाहेजस्तै शब्दले सम्बोधन गर्नुभयो तर उहाँका श्रीमान्ले थप बोली र व्यवहार बिगार्नुभयो । तिमी भनेर बोल्ने श्रीमान् ‘तँ’ भनी सम्बोधन गर्न थाल्नुभयो । “हामी विवाहपछि बराबरी रहेनौँ, हाम्रो हैसियतसमेत बदलियो”, उहाँले भन्नुभयो ।

दम्पती भनेका जीवनसाथी हुन् । जीवनसाथीको व्यवहार साथीजस्तै हुनुपर्छ । तर हाम्रो समाजमा जीवनसाथी बराबरी व्यवहार गर्ने निकै कम छन् । सम्मानजनक तरिकाले बोल्दाका फाइदा धेरै छन् । “हरेक श्रीमान्ले आफ्नो बोली र व्यवहारमा आफ्नी श्रीमतीप्रति सम्मान र प्रशंसा गर्न सक्नुपर्छ । श्रीमतीको कामप्रति प्रोत्साहन र प्रशंसा गर्न सकेमा धेरै घरमा शान्ति हुन्छ”, शिक्षक झपट कडायत भन्नुहुन्छ, “परिवारका सदस्यले पनि दम्पतीका सकारात्मक कार्यमा हौसला दिने काम गरेमा सम्मानजनक व्यवहार सम्बन्धमा स्थापित हुन सघाउँछ ।”

बलियो र दिगो सम्बन्धका लागि श्रीमतीले श्रीमान्लाई साथ दिन्छन्, यसैगरी श्रीमान्ले समेत साथ दिन आवश्यक छ । अधिकारकर्मी योजना अधिकारी महिलालाई गाली गर्ने, डर देखाउने, अपमान गर्ने, धम्की दिने, नियन्त्रणमा राख्ने काम चलिरहँदा समाजमा महिला भएकै कारण बढी हिंसा सहिरहेका बताउनुहुन्छ ।

“विवाहमा माया र सम्मान आवश्यक हुन्छ । यही माया र सम्मान गर्न नजान्दा विवाहको सकारात्मक पक्षको लाभ दम्पती र परिवारले नै लिन नसकेको देखिन्छ”, उहाँ भन्नुहुन्छ, ‘‘आत्मसम्मान नपाउँदा बर्सेनि आत्महत्या गर्ने महिलाको सङ्ख्यासमेत बढेको देखिन्छ । सम्मानजनक व्यवहारको कमीकै कारण महिला आफूलाई समाजमा स्थापित गर्न कठिन ठान्छन् ।”

अधिवक्ता गम्भीरसिंह ऐर ७५ प्रतिशत सम्बन्धविच्छेदका घटना सम्मानजनक व्यवहार नभएकै कारण हुने गरेको बताउनुहुन्छ । ‘‘गत वर्ष कैलालीमा सय बढी घटना सम्बन्धविच्छेदका भएका छन् । सम्बन्धविच्छेदले परिवार विखण्डन भएको छ”, उहाँले भन्नुहुन्छ, ‘‘परिवार बिखण्डन भए बालबालिकाको जीवन बर्बाद हुन्छ ।

उनीहरु अभिभावकको माया पाउनबाट बञ्चित हुन्छन् ।” उहाँ पुरुषले माया देखाउन नजान्दा र महिलाको कानुनीरूपमा पाएको अधिकार प्रयोग गर्ने मानसिक क्षमता कम भएकाले घटना बढ्न थालेको बताउनुहुन्छ । ‘‘महिलालाई अहिले कानूनले धेरै अधिकार दिएको छ । अधिकार प्रयोग गर्न क्षमतामा कमी छ”, उहाँ भन्नुहुन्छ, “समान अस्तित्व स्वीकार गरी महिलाको क्षमता विकासमा ध्यान दिनुपर्छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com