दुई दिनपछि खुल्यो अवरुद्ध राजमार्ग तर हुम्ला सदरमुकाम भने ४ फिटसम्म हिउँ


प्रकाशित मिति : माघ २२, २०७८ शनिबार

88]nw’/f, @@ df3 . nuftf/sf] lxdkftn] laxLaf/af6 ca?4 ag]sf] ;’b”/klZrd k|b]zsf] ;ft kxfl8 lhNnf hf]8g] eLdbQ /fhdfu{ tLg lbgkl5 ;’rf¿ ePkl5 oftfoft ;fwg uGtJo lt/ hfFb} . t:jL/ M s/g tfd|fsf/, /f;;

बिहीबारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएका भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग पुनःसञ्चालन भएको छ । बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जेड्ने भीमदत्त राजमार्ग र सिलगढी साँफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग अवरुद्ध भएका थिए ।

हिउँ पन्छाएपछि अवरुद्ध राजमार्ग आज साँझादेखि सञ्चालनमा आएको डोटी जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

स्थानीय तहका डोजर, नेपाली सेना तथा प्रहरीले हिउँ पन्छाएपछि राजमार्ग सुचारु भएका हुन् । राजमार्ग सञ्चालन भएपछि दुई दिनदेखि अलपत्र परेका यात्रु र सवारीसाधन आआफ्नो गन्तव्यतर्फ लागेको ट्राफिक प्रहरी पोष्ट बुडरले जनाएको छ ।

भीमदत्त राजमार्गको साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वर तथा पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेलगायत ठाउँमा बाक्लो हिमपात भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी बिहीबारदेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटदेखि उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ ।

सिमकोटमा बेलुकादेखि परेको हिउँ चार फिट जमेको छ । यहाँको तापक्रम माइनसमा झरेपछि जाडो अत्यधिक बढेको छ । हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायत क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका बासिन्दा प्रशान्त लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिमपातले मुचका खोलामा पानी जमेर बहाव कम भएको छ । सबैतिरको पानी जमेर पूरै ठोस भएको उहाँले छ । उहाँले भन्नुभयो, “जाडोले घरभन्दा बाहिर निस्कन सकिएको छैन, चिसोले खानेपानीका धारा जमेका छन् ।’’

अत्याधिक चिसो र हिमपात भइरहेका कारण बिहानैदेखि चहलपहल हुने गाउँहरुसमेत यहाँ सुनसान छन् । निरन्तर रुपमा हिउँसँगैको अत्यधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com