३२ किलोमिटर यात्रा गरेर ब्याडमिन्टन खेल्न आउँने १३ वर्षीय अशोकको कथा


प्रकाशित मिति : माघ २२, २०७८ शनिबार

शेरबहादुर सिंह/  एउटा १३ वर्षीय बालक दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न कभर्डहल पुग्छभन्दा पत्यार लाग्न गाह्रो होला ! तर त्यो सत्य हो । कञ्चनपुरको कृष्णपुरका अशोक सिंह धामीले दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न महेन्द्रनगरस्थित कभर्डहलमा पुग्ने गरेका छन् ।

दस वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका यहाँको कृष्णपु्र नगरपालिका–५ सुदर्शनपुरका १३ वर्षीय धामी यतिबेला दिनहुँजसो ब्याडमिन्टन खेल्न सदरमुकाम महेन्द्रनगरस्थित कभर्डहलको ब्याडमिन्टन हलमा पुगिरहेका छन् । “दैनिक बस भाडा र अरू गरेर यहाँ खेल्न आउँदा रु तीन सय जति खर्च हुन्छ”, उहाँले भन्नुभयो, “पैसाभन्दा पनि खेलमा कसरी अगाडि बढ्ने भन्नेमा बढी ध्यान दिएको छु ।”

आधा दशकभन्दा बढी समयदेखि प्रशिक्षकविहीन रहेको कञ्चनपुरमा ब्याडमिन्टनमा अशोकजस्तै धेरै नयाँ खेलाडीहरु बिचल्लीमा छन् । यहाँको महेन्द्रनगर, दैजी, झलारी र गुलरिया क्षेत्रमा दर्जनौँ नयाँ जुनियर खेलाडीहरु नियमित अभ्यासमा रहे पनि प्रशिक्षक भने देख्नसमेत पाएका छैनन् । “बिदाको बेला महेन्द्रनगरमा आफन्तको घरमा एक साता बसेर पनि कभर्डहलमा खेल्न आएँ”, धामीले भन्नुभयो, “कभर्डहलमा कमसेकम सिनियर दाइहरुसित खेल्ने र सिक्ने अवसर त मिल्छ ।”

दार्चुलाबाट बसाइँ सरी बुबा पवनसिंह धामी परिवारसहित कृष्णपुर आएका धामीले सामाजिक सञ्जाल फेसबुकमा कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको पेजमा आफू ब्याडमिन्टन खेल्न चाहेको भनेर म्यासेज गरेको बताउँछन् । “सङ्घको पेजमा म्यासेज गर्दा कृष्णपुर नगरपालिका–२ बङ्कमा दीपक धामी 9ब्याडमिन्टन राष्ट्रिय रेफ्री) लाई सम्पर्क गर्नु भन्ने रिप्लाई आयो”, उहाँले भन्नुभयो, “त्यसपछि सात किलोमिटरयता गरेर बङ्क खेल्न आउन थाले ।” वाणी बङ्क क्षेत्रमा एक महिना आउटडोर खेलेपछि राष्ट्रियस्तरको ब्याडमिन्टन खेल्न आफू चितवन गएको धामीको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त प्रतियोगितामा सहभागितामा सीमित जस्तै भए पनि खेल्नमा अगाडि बढ्ने हौसला मिलेको उहाँको भनाइ छ । “टेलिभिजन र इन्टरनेसनलमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेल हेर्न छुटाएको छैन”, धामीले भन्नुभयो, “घरपरिवारबाट पनि राम्रो सहयोग मिलेको भएर बस चढेर खेल्न महेन्द्रनगर पुग्छु ।” बुबा सशस्त्र प्रहरी बलबाट जागिर छाडेर वैदेशिक रोजगारीमा रहेको उहाँले बताउनुभयो । गुलरियाको नगरपालिका र इलाका प्रहरी कार्यालय परिसरमा बाहिर ब्याडमिन्टन कोर्ट छन् । “बाहिर पानी आउने, हावा आउँछ खेल्न गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “अर्को वर्ष काठमाडौँ जाने उतै पढ्ने र खेल्ने सोच बनाएको छु ।”

गुलरियाको सरस्वती विद्या निकेतनमा कक्षा ७ मा अध्ययनरत धामी पढाइमा समेत अब्बल विद्यार्थी हुन् । ब्याडमिन्टन खेलका माध्यमबाट मुलुककै परिचित खेलाडी बन्ने आफ्नो योजना रहेको धामीको भनाइ छ । जिल्ला ब्याडमिन्टन सङ्घ कञ्चनपुरका उपाध्यक्ष दिलबहादुर धामीले अस्थायी रुपमा प्रशिक्षक यहाँ ल्याउन पहल गरिए पनि माथिल्लो निकायबाट सुनुवाइ नभएको बताउनुभयो । “कञ्चनपुर ब्याडमिन्टनको उर्वरभूमि हो तर यहाँ प्रशिक्षक खटाउन राज्यले ध्यान दिएको छैन”, उहाँले भन्नुभयो, “प्रदेशदेखि केन्द्रसम्म पहल ग-यौँ तर आश्वासन मात्रै पायौँ ।”

उहाँले सङ्घले समय/समयमा प्रतियोगिताहरु आयोजना गरेर ब्याडमिन्टनको गतिविधिहरु बढाइरहेको बताउनुभयो । “यहाँका खेलाडीहरु वल्र्ड ¥याङ्किङसम्म पुग्दा पनि एउटा प्रशिक्षक पाउँदैन भने योभन्दा दुःखको कुरो अरू के हुन्छ”, उहाँले भन्नुभयो, “अहिले खेलाडी प्रशिक्षकविहीन अवस्थामा अभ्यास गर्दैछन् ।”रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com