अफगानिस्तानबाट उद्दार गरिएका नेपाली सुरक्षा गार्डले बेलायतबाट अहिलेसम्म पाएनन् लगेज, भिसा सकिदै


प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार

– रुद्र ढकाल (हलोवाला)

ब्रिटिश सेनाले अफगानिस्तानबाट उद्दार गरी बेलायत हुँदै नेपाल पठाइएका गोर्खा गार्ड फोर्सका सुरक्षा गार्डका लगेजहरु ६ महिना बितिसक्दासम्म पनि रोयल एयर फोर्सले नेपाल पठाउन नसक्दा सयौं पीडितहरु अन्यौलमा छन् ।

गत अगष्टमा ब्रिटिश सेनाले उद्दार गरी बेलायत तर्फ लगिएका गोर्खा गार्ड फोर्सका जवानहरुका लगेजहरु अहिले ६ महिना बित्दापनि पनि रोयल एयर फोर्सले बेलायतबाट फिर्ता पठाउन नसक्दा सयौं पूर्व सुरक्षा गार्डहरुले मारमा परेको गुनासो गरेका छन् । सम्बन्धित राजदूतहरु रातारात दूतावास छाडेर हिडेपनि पनि ती सुरक्षा गार्डहरुले अन्तिम समयसम्म दूतावासहरुलाई पहरा दिई बसिरहेका थिए ।

ती नेपाली सूरक्षा गार्डहरुले उक्त संकटकालिन समयमा पश्चिमी दूतावासहरु मात्र नभई संयुक्त सूरक्षा फौजको कर्पोरेट हेडक्वाटरहरु गार्डवर्ल्ड, जी फोर एस तथा हार्ट कम्पनीहरुको मुख्यालयहरुलाई ज्यानको जोखिम राखेर अन्तिम समय सम्म सुरक्षा पहरा दिईरहेका थिए । पछि अफगानिस्तान छोड्नु पर्ने भएपछि उनीहरु हतियार बुझाएर हमिद कारजाई ईन्टरनेशनल एयरपोर्ट स्थित ब्रिटिश क्याम्पमा शरण लिन पुगेका थिए।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

त्यसपछि उनीहरुलाई सेनाको जहाजले नै दुबई लगेको थियो। त्यसपछि उनीहरुलाई दुबईबाट नजिकैको नेपाल नलगिकन रोयल एयर फोर्सको जहाज मार्फत बेलायत तर्फ रिलोकेशनकोलागि लगिएको थियो । पछि सुरक्षा कम्पनीका ठेकेदारहरुले आफ्नो आर्थिक भार घटाउनको लागि उनीहरुलाई नेपाल पठाएका थिए ।

आफूहरुलाई बेलायत सरकारले विश्वको अगाडी केवल देखाउनकोलागि मात्रै उद्दार गरेर बेलायत लगे जस्तो गरेर रित्तै हात नेपाल फर्काएको उनीहरुको गुनासो छ ।

बेलायत पुगेपछि त्यहाँ रहेका गार्डवर्ल्ड सेक्युरिटी, जी फोर एस सेक्युरिटी र हार्ट सेक्युरिटी कम्पनीका कमान्डरहरु तथा केही नेपाली सुपरभाईजर र वेलफेयर अफिसरहरुले आफ्नो सामानै बेगर हतार हतार प्लेन भित्र राखेर रित्तै हात नेपाल फर्काएको भन्दै उनीहरुले दुख व्यक्त गरेका छन् । उनीहरु अहिले भिषाको म्याद नसकिंदै आफ्नो सामान लिनकोलागि बेलायत जान खोज्दा नेपाली अध्यागमनले रोकिरहेको छ । उनीहरुको भिसाको म्याद फेब्रुअरीको १७ तारीखमा सकिंदै छ।

बेलायतले अफगान युद्दको जोखिमपूर्ण क्षेत्रमा अन्तिम समयसम्म सुरक्षा कवच बनाएका नेपालीहरुलाई अहिले वेवास्ता गर्दै अलपत्र छाडेकोमा आलोचना भइरहेको छ ।

अफगानिस्तानबाट रोयल एयर फोर्सको विमानले उद्दार गरी बेलायत ल्याईएका २०० जना भन्दा बढी यस्ता पीडितहरुले आफूहरु दुवै देशको सरकार र ईमिग्रेशनको मात्रै नभई अहिले आएर बेलायतको रक्षा मन्त्रालयको ढिला सुस्तीको कारणले समेत मर्कामा परिरहेको गुनासो गरिरहेका छन् । आफ्नो लगेजमा निकै बहुमूल्य सामान र महत्वपूर्ण सूचनाहरु भएको र उक्त सूचनाको चुहावटले आफूहरुको ज्यान समेत खतरामा पर्न सक्ने सम्भाबना रहेको एक सय भन्दा बढी पीडितहरुको गुनासो छ।

सूरक्षा ठेकेदार कम्पनीहरुले ती कामदारहरुबाट जनही प्रति महिना ३ सय डलरसम्म सामाजिक सुरक्षाकोलागि भन्दै कर तथा संचयकोष काटेकोमा अहिले त्यवापतको रकम पनि नपाएको उनीहरुको गुनासो छ । अफगानिस्तानबाट बेलायत हुँदै नेपाल फर्काइएका उनीहरु नेपालको श्रम विभाग पुग्दा त्यहाँका कर्मचारीले यसको प्रकृयाकोलागि जनही ४ लाखको दरले शुरुमै डिपोजिट राख्नु पर्ने बताएको पीडितहरुको आरोप छ ।

११० जनाको नेतृत्व गर्दै उनीहरु लैनचौर स्थित बेलायती दूतावासमा पुग्दा त्यहाँका कर्मचारीहरुले आफूहरुले केही पनि गर्न नसक्ने भन्दै फर्काएका थिए । गोर्खा गार्ड फोर्सका एक पीडितले आफूले १२ बर्ष सम्म बेलायती दूतावासमा बफादार भएर चौकीदारी गरेपनि अहिले आफूहरुको निन्द्रा खोसिएको दुखेसो गरेका छन् ।

अर्कोतिर बेलायत नै बसेर होम अफिसकै सुझाबमा एसाइलम गर्दै बस्नेहरुलाई पनि होम अफिसको ढिला सुस्तीले गर्दा निकै तनाव भइरहेको बताएका छन् । होम अफिसको डर र अन्यौलताले कतिपय पूर्व सेक्युरिटी अफिसरहरू पोर्चुगल र युरोपका अन्य देशतिर गएको तथा त्यहाँ पनि काम नपाएर दुख पाएको जनाइएको छ ।

पोर्चुगल पुगेका एकजनाले भने – ‘बेलायत हुँदा हामीलाई एसाइलम भनेकै थाहा नभएर अहिले यता पोर्चुगल आईयो । तर झन् दुख पाईयो।’

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com