सन् २०१७ मा मात्र अमेरिकामा १५३ बन्दुक हमला


प्रकाशित मिति : असार १, २०७४ बिहीबार

सन् २०१७ मा मात्र अमेरिकामा १५३ बन्दुक हमलाका घटना भएको जनाइएको छ । तर १५२ वटा हमलाहरुमध्ये कमैमात्र राष्ट्रिय संचारमाध्यममा हेडलाइन बनेपनि अहिले भर्जिनियामा रिपब्लिकन नेताहरुमाथि गोलीप्रहारको घटनाले अमेरिकी संचारमाध्यमहरु भरिएका छन् ।

सन् २०१७ को सुरुवातदेखि अहिलेसम्म अमेरिकामा बन्दुक हमलाका घटनामा झण्डै ७ हजारको ज्यान गएको छ भने १३ हजार घाइते भएका छन्, जसमा बन्दुकबाट आत्महत्याको तथ्यांक समावेश गरिएको छैन ।

आम हमलाबारे कुनै आधिकारिक परिभाषा नभएपनि अमेरिकामा कुनै एक स्थानमा चारजना वा त्योभन्दा धेरै घाइते हुने गरी वा ज्यान गुमाउनेगरी भएको हमलालाई आम हमला भन्ने गरिएको छ । सन् २०१७ मा विगतको बर्षका तुलनामा अमेरिकामा यस्ता हमला अझ बढेका छन् । १६५ दिनको अवधिमा भएका १५३ वटा हमलाले अमेरिकामा बन्दुक ठूलो समस्या बन्दै गएको पुष्टी भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com