विशेष अनुसन्धानको दायरामा राष्ट्रपति ट्रम्प


प्रकाशित मिति : असार १, २०७४ बिहीबार

आज जुन १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजबाट ७१ बर्षमा पुगेका छन् । सन् १९४६ को जुन १४ मा जन्मिएका ट्रम्पको जन्मदिनमा उनीमाथि विशेष अनुसन्धान थालिएको खबर सार्वजनिक भएको छ ।

ट्रम्पले न्यायमा पुर्याएको सम्भावित बाधाबारे विशेष अभियोक्ता रोबर्ट मुलरले अनुसन्धान थालेको जनाइएको छ । राष्ट्रपति चुनावमा रुसको चलखेलबारे अनुसन्धान गर्न मुलरलाई अमेरिकी न्याय मन्त्रालयले विशेष अधिकारसहित गत मे १७ मा नियुक्त गरेको थियो ।

मुलरले यसअगाडि एफबीआईको निर्देशकका रुपमा काम गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वासिंटन पोष्टले गोप्य श्रोतलाई उद्धृत गर्दै नेशनल इन्टेलिजेन्सका डाइरेक्टर डान कोट्स, नेशनल सेक्युरिटी एजेन्सीका प्रमुख माइक रोजर्स, एनएसएका पूर्व कार्यकारी निर्देशक रिचार्ड लेजेटले मुलरका अनुसन्धानकर्ताहरुलाई अन्तरवार्ता दिन सहमति जनाएका छन् । राष्ट्रपति ट्रम्पले एफबीआई निर्देशक जेम्स कोमेलाई बर्खास्त गरेको भोलिपल्टदेखि नै ट्रम्पमाथि अनुसन्धान थालिएको जनाइएको छ ।

अनुसन्धान थालिएको रिपोर्ट वासिंटन पोष्टमा प्रकाशित हुनासाथ ट्रम्पका नीजि वकिलका प्रवक्ताले त्यसको निन्दा गरेका छन् । राष्ट्रपतिको सन्दर्भमा एफबीआईबाट चुहिएको सुचना अपमानजनक, अक्षम्य र गैरकानुनी रहेको उनले बताएका छन् ।

राष्ट्रपतिले आपराधिक अभियोगको सामना गर्नुपर्ने नभएपनि न्यायमा बाधा पुर्याएको पुष्टी भएमा त्यो महाअभियोगका लागि थप आधार हुनसक्ने जनाइएको छ । तर ट्रम्प समर्थक रिपब्लिकनको बहुमत रहेको प्रतिनिधिसभाबाट त्यस्तो महाअभियोग प्रस्ताव स्वीकृत हुनमा भने जटिलता नै छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com