निर्माण पुरा नहुँदै भाँसिन थाल्यो पुल


प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार

efFl;g yfNof] lgdf{0ffwLg k’n DofUbL, @) df3 M lgdf{0f g;lsFb} efFl;g yfn]sf] a]gL gu/kflnsf–$ / dªunf ufpFkflnsf–# kv]/ glhs} DofUbL gbLdfly lgdf{0ffwLg k’nsf] ba]sf] efu b]vfpb} :yfgLojf;L . tLg lbgcl3 9nfg ePsf] k’nsf] bfofF / afofF efu ba]/ efl;g yfn]sf] 5 . tl:a/M ;Gtf]if uf}td÷/f;;

 

म्याग्दीमा निर्माण नसकिँदै बेनी नगरपालिका–४ मङ्गला गाउँपालिका–३ को सिमानामा पर्ने पखेरस्थित म्याग्दी नदीमा निर्माणाधीन पक्की मोटरेवल पुल भासिन थालेको छ ।

एक सय १७ मिटर लामो र ११ मिटर चौडाइ भएको पुलको पखेर तर्फको ३५ मिटर लामो स्पाम (भाग) यही माघ १८ गते मङ्गलबार ढलान भएको थियो । अन्य दुई वटा स्पामको ढलान ठिक भए पनि पछिल्लो पटक ढलान भएको स्पामको मध्यभागको दायाँ र बायाँतर्फ सतह भन्दा दुई इञ्च भन्दा बढी भासिएको पखेरका बासिन्दा धनबहादुर थापाले बताउनुभयो । “ढलानको भार थाम्न नसकेर टेको लगाइएका फार्मा जमिनमा गाडिएपछि पुल भासिन थालेको हो”, उहाँले भन्नुभयो “सटिङ गर्दा टेका राख्ने क्रममा भएको लापरबाहीले ढलान दबेर भासिन थालेको छ ।”

बालुवा र सिमेन्ट घोलेर गहिरो देखिएको ठाउँमा हाल्ने क्रममा बुधबार स्थानीयवासीले रोकेका थिए । पुलको बीच भाग उठेको र छेउतर्फ गहिरो, खाडल परेको र भासिएर बाङ्गो देखिन थालेपछि गुणस्तर र दिगोपनामा शङ्का र प्रश्न उठेको बेनी नगरपालिका–४ तातोपानीका वीरेन्द्रमान शाक्यले बताउनुभयो । “भविष्यमा पुलको उपभोगका क्रममा जोखिम, गुणस्तर र दिगोपनामा असर पर्ने नपर्ने विषयमा प्राविधिक अनुसन्धानका लागि सडक डिभिजन, जिल्ला प्रशासन र नगरपालिकामा अनुरोध गरेका छौ”, उहाँले भन्नुभयो, “पुल बनेर मात्र भएन, सुरक्षित रुपमा उपयोगयोग्य र गुणस्तरीय हुनुपर्छ भन्ने हाम्रो माग हो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्माण कम्पनीका इञ्जिनीयर गोपालकुमार शाहले फुटपाथको भाग दबेर कुनै असर नपर्ने दाबी गर्दै अर्को ढलान गर्दा सतह मिलाउने बताउनुभयो । “ढलान गर्दागर्दै दबेको हुनाले त्यही अनुसार सेट हुन्छ”, उहाँले भन्नुभयो, “फुटपाथ बनाउने क्रममा सतह मिलाउन सकिन्छ ।

गाडी गुड्ने भाग केही भएको छैन् ।” ढलानका क्रममा उपस्थित भएका सडक डिभिजन कार्यालय बागलुङका प्राविधिक तोपबहादुर थापाले पनि यो सामान्य विषय भएको प्रतिक्रिया दिनुभयो । फुटपाथमा थप सात सेन्टिमिटर बाक्लो ढलान गर्ने क्रममा सतह मिलाउन सकिने उहाँको भनाइ छ । सडक डिभिजनका इञ्जिनीयरसहितको टोली आज पुलको निरीक्षणमा आएका थिए ।

मङ्गला गाउँपालिकाको ३, ४ र ५ नम्बर वडालाई सडक सञ्जालसँग जोड्न सडक डिभिजन कार्यालय बागलुङले पखेरका साथै बाबियाचौरको माटेबगर र पोक जोड्ने म्याग्दी नदीमाथि ८० मिटर लामो पुल बनाउन विसं २०७५ पुसमा लुम्बिनी–प्राकृतिक जेभीसँग रु २२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

विसं २०७७ पुस २५ मा सम्पन्न गर्ने लक्ष्य भए पनि ठेकेदारले पर्याप्त मात्रामा उपकरण, मजदूर परिचालन गर्न, निर्माण सामग्री जुटाउन नसक्नु, कोरोना भाइरसको महामारी र बाढीका कारण ढिलाइ भएको छ । ११ मिटर चौडाइ भएको माटेबगर–अर्मन जोड्ने अर्को पुलको ४० मिटरको एउटा स्पाममा ढलान सकेको ठेकेदारले अर्मनतर्फको फिल्लर ठडाएर ढलानको तयारी गरेको छ । फाँपरखेत–पखेर जोड्ने पुलका चार वटै पिलर निर्माण र ढलान सकिएपनि दायाँबायाँ पहुचमार्ग बनाउन बाँकी छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com