रिपब्लिकन नेतालाई गोली हान्ने बर्नी समर्थक मारिए, कँग्रेसम्यान स्टिभको अवस्था गम्भिर


प्रकाशित मिति : असार १, २०७४ बिहीबार

भर्जिनिया बेसबल मैदानमा बेसबल खेल अभ्यास गरिरहेका रिपब्लिकन सांसदहरुको टोलीमाथि गोली हान्ने बन्दूकधारी मारिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। राष्ट्रपति ट्रम्पले सो घटनालाई निर्दयी हमला भनेका छन्।

इलिनोइ राज्यका जेम्स हजकिन्सन नामक उक्त बन्दूकधारीलाई प्रहरीले गोली हानी मारिदिएको छ। सो घटनामा प्रतिनिधि सभाका रिपब्लिकन वरिष्ठ नेता स्टिभ स्कलिसको कम्मरमा गोली लागेको थियो। दुई जना प्रहरी सहित चार अन्य घाइते भएका थिए।

स्टिभ स्कलिसको अवस्था गम्भिर रहेको र उनको अतिरिक्त शल्यकृया गरिने अस्पतालले जनाएको छ । घाइते चारजनामध्ये सबैभन्दा गम्भिर घाइते पनि स्टिभ स्कलिस नै भएका थिए ।

बन्दूकधारी हजकिन्सन रिपब्लिकन विरोधी समूहहरुका सदस्य रहेको र गत वर्षको निर्वाचनमा राष्ट्रपति पदका निम्ति डेमोक्र्याटिक पार्टिका आकांक्षी बर्नी स्याण्डर्सका समर्थक रहेको बताइएको छ। उक्त गोली प्रहारको घटनालाई सिनेटर स्याण्डर्सले कडा निन्दा गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साउथ क्यारोलाइना सांसद जेफ डन्कनका अनुसार ती संदिग्ध व्यक्तिले उक्त घटना अगाडि रिपब्लिकन वा डेमोक्र्याट कुन दलका नेताहरु अभ्यास गरिरहेको भनी उनलाई सोधेका थिए। केन्टकीका सिनेटर र्याण्ड पलका अनुसार प्रहरी नभएको भए त्यहाँ थुप्रै मारिने थिए।

तस्विरमा स्टिभ स्कलिस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com