जापानले राखेको यौनदासीका सम्बन्धमा दक्षिण कोरियाबाट नयाँ सम्झौताको माग


प्रकाशित मिति : जेष्ठ ३१, २०७४ बुधबार

दक्षिण कोरियाको सत्तारुढ दलले जापानले दोस्रो विश्वयुद्धका समयमा राखेको भनिएको यौनदासीका सम्बन्धमा नयाँ सम्झौताको माग गरेको छ ।

कोरियाले सो सम्बन्धमा बुधबार नयाँ धारणा सार्वजनिक गर्दै सो माग गरेको बताइएको छ । दोस्रो विश्वयुद्धका समयमा जापानी सैनिक सिपाहीले कोरियाली माहिलालाई बन्धक बनाई यौनदासी राखेको दाबी कोरियाले गर्दै आएको छ ।

यसरी युद्धका समयमा महिलामाथि गरेको यो अमानवीय व्यवहारका लागि जापानले ती दासीका परिवार र कतिपय जीवितहरुलाई पनि उनीहरुको चित्तबुझ्नेगरी आम रुपमा माफी मागी आवश्यक क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएको छ ।

सो विषयमा हुनत सन् २०१५ मा पनि एक खालको सहमति भएको थियो । तर पनि सो सहमतिमा यौनदासीसँग र कोरियासँग माफी माग्नुपर्नेमा त्यसो हुन नसकेको जनाएको छ ।

पूर्व दक्षिण कोरियन कम्फर्ट वुमनहरु ।

कोरियाको सत्तारुढ दल डेमोक्रेटिक पार्टीका अध्यक्ष चु मिएले यसअघि अर्थात् सन् २०१५ मा जे जस्तो सहमति भएको थियो अहिले त्यसो हुन नसकेकोले अब जापानले कोरियाको मागअनुरुप नै गर्नुपर्नेमा जोड दिनुभएको छ ।

त्यस समयमा यौनदासी राखिएका महिला अहिले ८० वर्ष र त्योभन्दा केही बढीको उमेरका पुगेका छन् । उनीहरुले जापान सरकारसँग विगत लामो समयदेखि नै आफ्नो माग राख्दै आएका छन् ।

उनीहरुले जापान सरकारले आफूहरुसँग माफी माग्नुपर्ने र आफूहरुले मागेजति क्षतिपूर्ति दिनुपर्ने माग पनि गर्दै आएका छन् । सो मागलाई सम्बोधन गरेको भन्दै जापानले पनि सन् २०१५ मा क्षतिपूर्तिको सहमति गरेको थियो ।

जापानी सिपाहीले यौनदासी बनाएकी एक महिला ।

तर सो क्षतिपूर्ति पूरा नभएको उनीहरुको भनाई छ । ती महिलाले सन् १९९२ देखि नै हरेक बुधबार प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यस्तो प्रदर्शनलाई हरेक बुधबार निरन्तर रुपमा गर्ने गरेका छन् ।

यो प्रदर्शनलाई विश्वकै सबैभन्दा लामो समयदेखि कायम राखेको विरोध प्रदर्शनको रुपमा लिइन्छ । हरेक बुधबार उनीहरुले सोलमा रहेको जापानी दूतावासको बाहिर प्रदर्शन गर्ने गर्दछन् । सिन्ह्वा

यौनदासीहरुको प्रतिनिधित्व गर्ने सिओलमा रहेको जापानी दूतावास अगाडिको एउटा मूर्ती ।
यौनदासी महिलाहरु ।
यौनदासी महिलाहरु जसमध्ये एक गर्भवती देखिन्छिन् ।
यौनदासीहरु र उनीहरुबाट जन्मेका बच्चाहरु ।
जापानी सेनाको यौनदासीका रुपमा रहेकी एक चिनिया महिला ।
अमेरिकी सिपाहीहरु टोकियोमा यौनदासीहरुलाई राखिएको यौन अड्डा अगाडि ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com