अमेरिकामा २५७६० डलर भन्दा कम आम्दानी हुनेलाई इन्टरनेटमा मासिक ३० डलर छुट


प्रकाशित मिति : माघ १७, २०७८ सोमबार

अमेरिकामा  २५७६० डलर भन्दा कम आम्दानी हुनेलाई इन्टरनेटमा मासिक ३० डलर छुट हुने कार्यक्रम रहेको छ ।  संसदले १४ बिलियन डलरको यो कार्यक्रम ल्याएको हो ।

सामान्यतया इन्टरनेटका लागि मासिक ६० डलर तिर्नुपर्छ । महिनाको ३० डलर सहायताका लागि योग्य परिवारले ल्यापटप, डेस्कटप वा ट्याबलेटमा एकपटकमात्र १ सय डलरसम्मको छुट प्राप्त गर्न सक्नेछन् । तर किन्ने व्यक्तिले पनि १० डलरभन्दा माथि र ५० डलरभन्दा कम रकम तिरेको हुनुपर्छ ।

२ जनाको परिवार भएका ३४ हजार ८ सय ४० डलरभन्दा कम आम्दानी हुनेहरु र ३ जनाको परिवार भएका ४३ हजार ९ सय २० डलरभन्दा कम आम्दानी भएकाहरु यो कार्यक्रमका लागि योग्य हुनेछन् । त्यस्तै ४ जनाको परिवार ६ भने ५३ हजारभन्दा कम आम्दानी भएकाहरु योग्य हुनेछन् । परिवारको एकजना थपिदै जाँदा ९ हजार ८० डलर थप्दै हिसाब गर्नुपर्छ ।

त्यस्तै फुडस्ट्याम्प, मेडिकेड, पोषण कार्यक्रम जस्ता सुविधा लिएकाहरु पनि यसका लागि स्वत योग्य हुन्छन् । तर उनीहरुले अनलाइनमार्फत आवेदन भने दिनुपर्छ । यो कार्यक्रमका लागि अनलाइनमार्फत वा हुलाकमार्फत आवेदन दिन सकिन्छ । आवेदन दिइसकेपछि इन्टरनेट सेवा प्रदायकलाई सम्पर्क गरेर उक्त छुट प्रदान गर्नका लागि अनुरोध गर्नुपर्छ ।

अनलाइनबाट आवेदन दिन यहाँ क्लीक गर्नुहोला ।

भेराइजन वायरलेस, आरसीएन लगायतका सेवा प्रदायकहरु यो कार्यक्रममा सहभागी छन् । तपाईले आफ्नो इन्टरनेट सेवा प्रदायकलाई फोन गरेर अफोर्टेवल कनेक्टिभिटी कार्यक्रममा सहभागी भए नभएको पनि सोध्न सक्नुहुनेछ । यो कार्यक्रमका लागि गत डिसेम्बर ३१ देखि आवेदन खुलिसकेको छ ।

आफूले प्रयोग गरिरहेको इन्टरनेट सेवा प्रदायक कार्यक्रममा सहभागी भए नभएको थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com