काठमाडौंको एक रेस्टुरेन्टबाट अनलाइन जुवा खेलाउने ७४ जना पक्राउ


प्रकाशित मिति : माघ १७, २०७८ सोमबार

अनलाइनमार्फत जुवा खेलाएको आरोप काठमाडौंको र्बाद्धबाट प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार काठमाडौंको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिंगो खेलिरहेको अवस्थामा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता दिनेशराज मैनालीका अनुसार दोलखाका हाल बानेश्वर बस्र्दै आएका ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा ठूलो संख्यामा मानिसहरू भेला भएर अनलाइन बिंगो खेलिरहेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रवक्ता मैनालीका अनुसार उनीहरूको साथबाट मोबाइल, बिंगो खेलमा प्रयोग हुने कुपन र नगद नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ जना महिला रहेका छन् । साथै, उनीहरूको साथबाट ६ लाख १८ हजार २५० रुपैयाँ समेत बरामद गरिएको छ ।

उनीहरूमाथि बौद्ध प्रहरीले मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–५ अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत थप अनुसन्धान गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com