वासिङ्टन, ३१ जेठ । उत्तर कोरियाको जेलमा रहेका एकजना अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले जेलमुक्त गरेलगत्तै बुधबार अमेरिका पुगेका छन् । उनलाई उत्तर कोरियाको एक अस्पतालमा कोमामा राखिएको थियो । उनको स्वास्थ्य अवस्था निकै जटिल भएको भन्दै मुक्तगर्न अमेरिकाले बारम्बार माग गर्दै आएको थियो । ओट्टो वारिम्बर नामका ती २२ वर्षीय विद्यार्थीलाई उत्तर कोरियाले आफ्नो देशका विरुद्धमा गुप्तचरको काम गरेको भन्दै पक्राउ गरी थुनामा राखेको थियो ।
पछि उनलाई १५ वर्षको श्रम शिवीर सजायँ सुनाइएको थियो । उनी शिवीरमा जबर्जस्ती काम गर्नुपर्ने भएपछि विरामी परेका थिए । बिरामी परेका उनलाई कोमामा भर्ना गरिएको थियो । उनको रिहाईका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आग्रह गर्नुभएको थियो ।
उहाँले आफ्ना नागरिकलाई रिहागरी आवश्यक वार्ताका लागि वासिङ्टन आउन चेतावानी पनि दिनुभएको थियो । त्यसपछि उत्तर कोरियाले ती विद्यार्थीको रिहाइको प्रक्रिया सुरु गरेको बताइन्छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ती विद्यार्थीलाई सैनिक जहाजमार्फत बुधबार बिहान उनको निवासस्थान ओहायो पु¥याइएको जनाउनुभएको छ । एएफपी
ओट्टोलाई मुक्त गर्न माग गर्दै अमेरिकामा उनका साथीहरु ।प्योंगयांगमा एउटा पत्रकार सम्मेलनमा ओट्टोप्योंगयांगमा अदालतमा ओट्टो ।ओट्टोको बुबाआमाको कम्प्युटरमा भेटिएको उनको तस्विर ।परिवारका साथमा ओट्टो ।परिवारका साथमा ओट्टो ।ओट्टोको प्रतिक्षामा उनका बुबाआमाओट्टोको बाल्यकालको तस्विर ।१५ बर्षको कडा श्रमसहित उत्तर कोरियामा जेल सजाय पाएका ओट्टो पत्रकारहरु समक्ष ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।