थप ३ हजार ५४० जनामा कोरोना पुष्टि,चार दिनमा ३२ को मृत्यु


प्रकाशित मिति : माघ १६, २०७८ आईतबार

पछिल्लो २४ घण्टामा थप तीन हजार ५४० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नौ हजार ९१० जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ४९ र तीन हजार २३५ जनामा र दुई हजार ८८३ एन्टिजेन परीक्षण गर्दा ४९१ जना गरी कूल तीन हजार ५४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

 

हाल देशैभरि ८३ हजार ९९९ सक्रिय सङ्क्रमित छन् भने ६ हजार ३५९ जना सङ्क्रमणमुक्त भएका छन् । त्यसैगरी यही माघ १३ देखि आजसम्म सङ्क्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्याङ्कमा छुटेकासमेत गरी मृतकको सङ्ख्या ३२ पुगेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको र माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com