लण्डनको ल्याटिमेर रोड टावर ब्लकमा भीषण आगलागी


प्रकाशित मिति : जेष्ठ ३१, २०७४ बुधबार

वेस्ट लण्डनको ल्याटिमेर रोडस्थित टावर ब्लकमा भीषण आगलागी भएको छ । भवनभित्र कैयन मानिसहरु थुनिएको प्रत्यक्षदर्शीले बताएका छन्।ल्याङकेस्टर वेस्ट स्टेटको ग्रेनफेल टावरमा स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट जाँदा आगलागी सुरु भएको थियो।

झण्डै २०० सय अग्नि नियन्त्रकले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। घटनामा कैयन घाइते भएको र उनीहरुको उपचार भइरहेको जनाइएको छ । पूरै भवन जलिरहेको छ भने भवन लड्न सक्ने देखिएको छ । भवनको भित्री भागसम्म आगो फैलिएको छ भने पूरै भवन नै हल्लिरहेको छ ।

लण्डनका मेयर सादिक खानले घटनालाई एउटा मुख्य घटनाको संज्ञा दिएका छन् । भवनको माथिल्लो तल्लामा आगोको लप्का पुग्दै गर्दा त्यहाँभित्रबाट टर्च लाइट बालेको दृश्य देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आगलागीको कारण अज्ञात रहेको अधिकारीहरुले बताएका छन् । कुनै व्यक्ति भित्र थुनिएको बारे आफूले कुनै जानकारी नपाएको अधिकारीहरुको भनाई छ । तर धुँवाबाट निसासिएका १५ जनाको उपचार भइरहेको अधिकारीहरुले बताएका छन् । आगलागीपछि भवनभित्रका कैयन व्यक्ति विना चप्पल, रातीको कपडामा रुदै कराउँदै सडकमा निस्किएका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com