काठमाडौँमा परीक्षण गर्ने मध्ये ६० प्रतिशतमा सङ्क्रमण


प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार

काठमाडौँ महानगरपालिकामा परीक्षण गर्ने गरेका मध्ये ६० प्रतिशत नागरिकमा कोरोना भाइरस सङ्क्रमण देखिने गरेको बताइएको छ । अहिले महामारी तीव्र रुपमा फैलिएकाले परीक्षण गर्न आउने बढेका र आएका मध्ये ५५ देखि ६० प्रतिशतमा सङ्क्रमण देखिन थालेको कमपाको भनाइ छ ।

कारोना बढेकालेनै कामपाले अहिले ३२ वटै वडाबाट परीक्षण गरिरहेको छ । अहिले परीक्षण दर पनि बढेको छ दैनिक झण्डै एक हजार जना कामपामा मात्रै परीक्षण गर्न आउछन । सङ्क्रमण बढेपनि विगतको समयमा जस्तो जटिल किसिमको बिरामीहरु नआएको र आएपनि तयारी अवस्थामा रहेको कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टिन स्थलहरू यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा राखिएको छ ।

डङ्गोलले भन्नुभयो, “हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ”, “हामीले नेपाली सेना र अस्पतालहरूलाई तयारी अवस्थामा रहन भनेका छौँ । हामी पनि तयारी अवस्थामा छौँ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आवश्यक प-यो भने तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरू सञ्चालन गर्नेछौँ ।” महानगरवासीलाई थप केही जटिल भयो भने कामपाको ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लिनिक र स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com