विपदको प्रभाव बढ्दो छ, त्यसप्रति सबै गम्भीर हुनुपर्छ : गृहमन्त्री खाँड


प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार

गृहमन्त्री बालकृष्ण खाँडले विपदको प्रभाव बढ्दो रहेकाले त्यसको न्यूनीकरणका लागि सबै गम्भीर हुनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँडले विपदजन्य घटना न्यूनीकरण, त्यसबाट हुने क्षति कम गर्न तथा विपदपछिको उद्धार, राहत तथा पुनस्थापनका लागि तल्कालिन र दीर्घकालरूपमा कस्ताकस्ता कार्यक्रम लैजाने भन्ने विषय व्यवस्थापनको खाँचो रहेको औँल्याउनुभयो ।

“कुनै पनि भौतिक पूर्वाधार बनाउँद सुरक्षित छ की छैन, त्यो दीर्घकालिन छ की छैन भनेर हेर्नुपर्ने हुन्छ”, गृहमन्त्री खाँडले भन्नुभयो, “त्यसले जोखिम न्यूनीकरण गर्न सहयोग पुग्छ ।” उहाँले छरिएर रहेको वस्तीलाई एकीकृत गर्न गाह्रो रहेको अनुभव पनि सुनाउँदै स्थानीयलाई रैथाने ठाउँ छाड्न पनि गाह्रो, लैजाने पनि गाह्रो रहेको बताउनुभयो ।

विपदको व्यवस्थापन र सुरक्षाप्रबन्ध गराउनका लागि पनि एकीकृत वस्ती उपयुक्त हुने तर्क मन्त्री खाँडको छ । उहाँले विपद र वस्ती अन्योन्याश्रित सम्बन्ध रहेको पनि बताउनुभयो ।

बैठकमा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विपदका समयमा आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्नु अपरिहार्य रहेको बताउनुभयो । “विपदपछि अव्यवस्थितरूपमा बसोवास गरेका व्यक्तिलाई जग्गा दिने की आवास दिने, यसतर्फ गम्भिर हुनुपर्छ”, मन्त्री झाँक्रीले भन्नुभयो, “जमिन दिँदै जाने हो भने खण्डीकरणले ठुलो समस्या आउनसक्छ, आयोग बनाएर जमिन दिएर गरिने काम सफल हुनसक्दैन ।” उहाँले प्रभावितलाई आवाससहित रोजगारीको सुनिश्चितता गर्नु जरुरी रहेको धारणा राख्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले अहिले भूकम्पपछि बनाइएका एकीकृत वस्ती सफल छ की छैन भनेर अध्ययन जरुरी रहेको उल्लेख गर्दै एकीकृत वस्ती व्यवस्थापनका लागि स्पष्ट कार्यविधि आवश्यक भएको बताउनुभयो ।

विपद र पुनःस्थापनका लागि पहिलो जवाफदेखि पालिकाका प्रतिनिधि हुने भएकाले यस्ता कार्यक्रममा उहाँहरूलाई नै राखेर छलफल चलाउनुपर्नेमा मन्त्री झाँक्रीको जोड थियो । उहाँले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उठाएका एजेण्डालाई राज्यका सबै निकायले गम्भीर भएर कार्यान्वयन गर्नुपर्ने र योजना आयोगले योजना निर्माण गर्दा विपदलाई पनि ध्यान दिनुपर्ने सुझाव राख्नुभयो ।

सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले विपद पूर्वसूचना प्रणालीलाई प्रभावकारी र अत्याधुनिक बनाउन सुझाव दिनुभयो । उहाँले उद्धार, दाहत तथा पुनःनिर्माणभन्दा त्यो अवस्था आउनै नदिनका लागि पूर्वसूचना प्रणालीका साथै पूर्वतयारीमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मुुख्यसचिव शङ्करदास बैरागीले विपदजन्य घटना मुलुकका लागि ठुलो चुनौतीको विषय रहेको र त्यसको न्यूनीकरणमा राज्यका निकाय, विभिन्न सङ्घसंस्थावा प्रतिनिधि सबैको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले विपदले मानवीयसँगै कृषि उत्पादनमा जोखिम गराउने र यस्ता प्राकृतिक विपदले दीगो विकास लक्ष्य भेट्टाउन कठिन हुने बताउनुभयो । उहाँले नदी किनारमा बस्ने जनसङ्ख्या जोगाउनु पर्ने अबस्था रहेको र सामान आयातका साथै दूरदराजका मानिसको संरक्षण गर्न कठिनाइ हुने भएकाले यी विषयलाई पनि केन्द्रित गरेर कार्यक्रम लैजान सुझाव दिनुभयो ।

बैठकमा भूकम्पको पुनउत्थान तथा संरचना पुनःनिर्माणका लागि बनाइएको तत्कालिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीले पुनःनिर्माणका लागि थाती रहेका कामलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “त्यसका लागि केही कर्याविधि बनाउनुपर्ने छ, तत्कालै पारित गरी बाँकी काम पुरा गर्नुपर्ने छ, त्यसतर्फ ध्यानाकर्षण गराउँदछु”, उहाँले भन्नुभयो ।

बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले विपदजन्य घटना, त्यसको क्षति, उत्पन्न परिस्थिति र प्राधिकरणबाट भएका गरेका क्रियाकलापबारे जानकारी गराउनुभएको थियो । गृहमन्त्रीको अध्यक्षतामा भएको उक्त बैठक भौतिक उपस्थितिका साथै भर्चुअल रुपमाएकैसाथ गरिएको थियो । बैठकमा सरोकारवाला मन्त्रालयका सचिव, तथा विभिन्न सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिसमेतको सहभागिता थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com