नेपालको विकाशका लागि पूँजीमात्र हैन, दक्षता भित्राउनुपर्छ


प्रकाशित मिति : भाद्र १२, २०७३ आईतबार

 

खगेन्द्र जीसी

ऐतिहासिक रुपमा एनआरएनएले विभिनन उपलब्धीहरु हासिल गरेको छ । एनआरएनए अहिले अन्तर्राष्ट्रिय रुपमा नै डायस्पोराको स्थापित संगठन बनिसकेको छ । यो एनआरएनको ठूलो उपलब्धी हो । एनआरएनले अहिलेसम्म गरेका मुख्य प्रयासहरुमा नागरिकताको निरन्तरताको विषय अर्को मुख्य विषय हो । संविधानमा गैर आवासीय नेपाली नागरिकताको विषय समावेश गराउन निकै लामो समयदेखि पहल भइराखेको थियो । यसलाई संविधानमा राख्न एनआरएनले विशेष भूमिका खेलेको थियो । यद्यपी यसमा धेरैको भूमिका भएपनि एनआरएनको भूमिका मुख्य छ । संसारभर रहेका नेपालीहरुले राजनीतिक अधिकारबाहेक सबै कुरा प्राप्त गर्नेगरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कुरा संविधानमा समावेश हुनु मुख्य कोषेढुंगा हो । यद्यपी अझैपनि त्यसबारे कामहरु गर्न बाँकी छ । ऐन संसोधन गर्न र एनआरएनमैत्री कानुनहरु निर्माण गर्न जरुरी छ ।

एनआरएनएले खुल्ला विश्वविद्यालयको अवधारणालाई सरकारसँग सहकार्य गरेर अगाडि बढेको छ । खुल्ला विश्वविद्यालयको काम पनि भइसकेको छ । नेपालमा खुल्ला विश्वविद्यालय सुरु भएर सबैले नयाँ ढंगले शिक्षा पाउनुपर्छ भन्ने विचारमा एनआरएनका साथीहरु लाग्नुभएको छ । यो अर्को उपलब्धी हो । यसले पनि एनआरएनलाई अगाडि बढ्न टेवा दिनेछ । अर्को कुरा एनआरएनएको अहिलेसम्म आफ्नै भवन नभएको अवस्थामा भवन बनाउने तरखरमा छ । यसो भएमा एनआरएनए अझ स्थापित संस्थाका रुपमा अगाडि बढ्नेछ । एनआरएनए सरकारसँग मिलेर परराष्ट्र मन्त्रालय अन्तरगत एउटामात्र अन्तर्राष्ट्रिय संगठनको रुपमा दर्ता भएको संगठन भएकाले सरकारसँग हातमा हात मिलाएर काम गर्न जरुरी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै एनआरएनहरुले नेपालमा अलगअलग रुपमा गरिरहेको योगदान र लगानीलाई एकान्टेवल गर्नमा समस्या छ । विदेशमा बस्ने नेपालीहरुले व्यक्तिगत रुपमा गरेका कामको बारेमा पनि डाटाबेस तयार गर्न जरुरी छ । त्यस्तै हरेक देशमा भएका एनआरएनका समस्याहरुलाई त्यो देशको एनसीसीमार्फत समाधानका लागि सहयोग गर्नुपर्छ । आवश्यक परेमा अन्तर्राष्ट्रिय स्तरबाट त्यो देशमा भएको समस्यालाई सरकारसँग सम्झौता वा बार्ता गरेरसमाधानका लागि काम गर्नुपर्छ ।

हरेक एनआरएनहरुले आफ्नो आफ्नो देशमा बसेर नेपालमा सहयोग गर्ने कुरालाई केन्द्रीकृत गरेर प्रस्तुत गर्नसक्नुपर्छ । त्यो तुरुन्तै गर्नुपर्छ । नेपालको आन्तरिक विकाशका लागि पैसाको मात्र कुरा नभई दक्ष जनशक्तिलाई नेपालमा जाने वातावरण बनाउने र नेपालमा स्वागतको अवस्था सृजना गर्नेतिर ध्यान दिनुपर्छ । नेपालको विकाशमा दक्ष जनशक्ति भित्राउन सकेमा सन् २०२० सम्मको एनआरएनको मुख्य उपलब्धी त्यही हुनसक्छ । नेपालबाट बाहिर गएकाहरुलाई उनीहरुको दक्षता नेपालमा उपयोग गर्ने वातारण तुरुन्तै सृजना गर्नुपर्छ ।

राष्ट्र निर्माणको लागि पूजीको आवश्यकता त छ, तर पूजीमात्र नभएर दक्षताको आवश्यकता छ । लगानीका सन्दर्भमा नेपालको पर्यटन, हाइड्रो लगायतका क्षेत्रमा विकाशको कुरामा फोकस गरेर अगाडि बढ्नुपर्छ । नेपालको विकाशमा भएको उदासिनता हटाउनुपर्छ । आफूलाई फाइदा हुनेभएमात्र काम गर्ने नत्र नगर्ने जस्तो विकाशप्रतिको उदासिनता घातक कुरा हो । त्यसलाई हटाउनका लागि लागि एनआरएनले अभियान चलाउनुपर्छ ।

एनआरएन अमेरिकाका पूर्व अध्यक्ष जीसी एनआरएन आईसीसीमा अमेरिकाबाट सदस्य हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com