मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता !


प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ ।

अहिले सार्वजनिक भएको तथ्याङ्क विसं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो ।

विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख्या थियो भने विसं २०७४को जनसङ्ख्याभन्दा अहिलेको सङ्ख्या २५५ ले घटेको देखिएको छ । उक्त तथ्याङ्कअनुसार जिल्लाको जनसङ्ख्याभन्दा मतदाता सङ्ख्या भने बढी देखिएको छ ।

विसं २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता सङ्ख्या ६ हजार ३०९ रहेको थियो भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता थपिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले सार्वजनिक भएको जनसङ्ख्या भन्दा ९६७ सङ्ख्याले मतदाता बढी रहेको देखिएको छ । मतदाता सङ्ख्याभन्दा जनसङ्ख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले सङ्कलन गरेकामध्ये कुन चाहीँ तथ्याङ्क सही भनेर पहिचान गर्न मुस्किल भएको छ ।

जनगणना अनुसार नार्पाभूिम गाउँपालिकामा ४४२ अर्थात सबैभन्दा कम जनसङ्ख्या रहेको छ ।

प्रारम्भिक जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८सम्म र दोस्रो चरणमा गत कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com