राष्ट्रपति ट्रम्पबिरुद्ध महाअभियोग प्रस्तावको ड्राफ्ट तयार (पूर्ण पाठ)


प्रकाशित मिति : जेष्ठ ३०, २०७४ मंगलबार

एकजना डेमोक्रेटिक कँग्रेसम्यानले राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध महाअभियोग लगाउनका लागि प्रस्तावको ड्राफ्ट तयार पारेका छन् । उनले आगामी दिनमा उक्त प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरेको जनाइएको छ । तर कहिले दर्ता गराउने भन्नेबारे केही खुलाइएको छैन ।

क्यालिफोर्नियाका प्रतिनिधि ब्राड सेरम्यानले महाअभियोग प्रस्तावको ड्राफ्ट तयार गरेका छन् । उनले सबै संसद सदस्यहरुलाई एउटा पत्र लेख्दै ट्रम्पबिरुद्ध महाअभियोग प्रस्ताव दर्ताका लागि प्रयाप्त आधारहरु रहेकोमा आफू कसरी विश्वस्त छन् भन्ने स्पष्ट पारेका थिए । उनले महाअभियोग प्रस्तावको ड्राफ्ट पनि संसद सदस्यहरुलाई पठाएका छन् ।

पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोला ।

सेरम्यानले संसदबाट महाअभियोग प्रस्ताव पारित हुनेमा आफूविश्वस्त रहेको तथा यसबारे कुनै भ्रम नरहेको जनाएका छन् । क्यालिफोर्नियाका डेमोक्र्याट सेरम्यानले यो प्रस्तावको ड्राफ्ट तयार गरेपनि यसबारे कम्तीमा २४ जना सांसदहरुबीच छलफल भएको थियो । गत महिना टेक्सासका सांसद एल ग्रिनले अब महाअभियोगको समय भएको बताएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com