गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउण्ड क्यालिब्रेसन’ सुरु, परीक्षण उडान फेब्रुअरीको मध्यमा


प्रकाशित मिति : माघ १२, २०७८ बुधबार

– चेतन पन्त/ भैरहवा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन सम्बन्धि सबै काम पूरा भएपछि बुधवारबाट परीक्षणको काम सुरु गरिएको छ । विमानस्थलमा उडान अवतरण सम्बन्धि सम्पूर्ण उपकरणको परीक्षणका लागि ग्राउण्ड क्यालिब्रेसन सुरु भएको छ ।

रनवेबाट संचार उपकरण सहित विशेष गाडीले चेकजाँचपछि आकाशमा विशेष विमानले परीक्षण उडान गर्नेछन् । त्यसका लागि थाइल्याण्डबाट आएका ४ जना विशेषज्ञले काम गरिरहेका छन् । यो कुनैपनि नयाँ वा पुराना विमानस्थलको नियमित प्रकिया भएको विमान स्थलको आईसीबीटु योजना प्रमुख प्रवीण न्यौपानेले बताउनु भयो ।

विमानस्थललाई आइसीबी २ अनतर्गत नै पूर्व सम्झौता अनुरुप एरो थाई कम्पनीले अन्तर्राष्ट्रिय उड़ानका लागि नयाँ रनवे र त्यसमा जडित विभिन्न लाईट, संचार उपकरण, मौसमबारे जानकारी दिने यन्त्र आदि चेक जाँच शुरु गरेको हो । एरो थाइले क्लालिब्रेसन फ्लाईट गर्ने अनुमति पाएसँगै परीक्षण उडानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेब्रुअरी महिनाको मध्यमा परीक्षण उडान हुने जनाइएको छ । त्यसबीचमा प्राधिकरणले अन्तर्राष्ट्रिय हवाई उड़ान का लागी आन्तरिक तयारी गर्नेछ ।
एरो थाईले प्राविधिक जनशिक्तसहित नेपालमा जहाजबाट सवै प्रक्रिया पूरा गरी क्लालिब्रेसन फ्लाइट गरेपछि नेपालकै वाइड बड़ी जेटबाट परीक्षण उडान गर्ने तयारी गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले बताउनु भयो ।

दाहालले अन्तर्राष्ट्रिय विमानस्थलका लागि १ सय ५० भन्दा बढी कर्मचारी पनि आईसकेको जानकारी गराउनुभएको छ । क्यालिबेरेशन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो। जसका लागि एरो थाईले जहाज नै ल्याएर उडान अवतरण गरेर परिक्षण गर्नेछ भने यो एकसातासम्म जारी रहनेछ ।

 

आइसीबी २ का प्रोजेक्ट म्यानेजर प्रविण न्यौपानेका अनुसार क्यालिब्रेसन फलाइट हुनु अगावै त्यहाँको टिमले ग्राउण्ड परिक्षण, सवै सिस्टमहरु जडानको प्रक्रिया ठीक छ वा छैन जाँच गरेपछि क्यालिब्रेसन फलाइट ल्याइने छ । क्यालिब्रेसन फलाइट चेकअप पछि अन्तराष्ट्रिय उडान अनुमतिका लागी नेपाल नागरिक हवाई उड्डयन विभागले अन्तराष्ट्रिय हवाई उड्डयन संघ आईकाओसँग पत्राचार गरनेछ ।

झण्डै २ महिनाको कागजी प्रकिया पछि यस विमानस्थलले अन्तराष्ट्रिय विमान स्थलको मान्यता पाउने छ । त्यसपछि अन्तराष्ट्रिय क्षेत्रमा नियमित र चार्टड उडान गर्न सकिनेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भन्दा बढि रहेकोछ ।

 

हाल विमान स्थलको पूरानो टर्मिनलको रंगरोगन, पार्किंग, फुलवारी सजावट पनि गरिदैछ । जुन अन्तराष्ट्रिय उडान पछि आन्तरिक उडानमा प्रयोग गरिनेछ ।

१५ जनवरी २०१५ मा सुरु भएको आयोजना एडिबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३० दशमलव ५ प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी अर्थात ६ अर्ब ८२ करोडको ६ अर्व ८२ करोड ४० लाख ८६ हजार ८ सय ८४ रुपैया ३२ पैसाको लगानीमा बन्दैछ ।

 

निर्माणाधिन आइसीबी १ स्तरको विमानस्थल चिनिया कम्पनि नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ । यस्तै आइसीबी –२ अन्तरगत विमानस्तथलमा जडान हुने उपकरणहरुका लागि पनि करिब ५० करोड लगानी रहेको छ । आइसीबी –२ अन्तर्गतको काम थाइल्यान्डको एरो थाई कम्पनीले गरिरहेको छ ।

नेपाल सरकारले यस विमानस्थलको जग्गा अधिग्रहणमा मात्र २३ अरब भन्दा बढी लगानी गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com