डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण !


प्रकाशित मिति : माघ १२, २०७८ बुधबार

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले आफूलाई दोस्रोपटक कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो

डा. भट्टराईले आफूनिकट सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन पनि आग्रह गर्नु भएको छ । उहाँले भन्नुभएको छ, ‘सतर्कता अपनाउॅदा अपनाउॅदै पनि मलाई दोश्रो पटक कोरोनाको संक्रमण भएको छ , केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला ! लक्षण सामान्य छ ! केही दिन आइसोलेसनमा रहनेछु ! असुविधाकोनिम्ति क्षमा चाहन्छु।’

यस्तैगरी नेपालमा  कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म ६१ लाख ११ हजार २१३ जनाको परीक्षण भएकामा जम्मा १० लाख ५४ हजार ८८ जनामा कोरोना पुष्टि भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै संक्रमितमध्ये ८ लाख ३१ हजार ७१२ जना निको भएका छन् । यस्तै हालसम्म ११ हजार ६७२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । हालसम्म कुल जनसंख्याको ४१ प्रतिशत जनसंख्याले पुर्ण खोप पाइसकेको मन्त्रालयले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com