स्टार स्कलर्स अमेरिकाको कार्यक्रममा सुपरस्टार राजेश हमाल, यसरी सहभागी हुनुहोस् अन्तरकृयामा


प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार

स्टार स्कलर्स, कमन कज, नेपाली समाज टेक्सास लगायतको आयोजनामा लोकतन्त्रमा अल्पसंख्यकको अधिकार विषयक अन्तरकृयाको आगामी श्रृंखलामा सुपरस्टार राजेश हमाल विशेष अतिथिका रुपमा सहभागी हुने आयोजकले जानकारी दिएका छन् । पहिलो र दोश्रो श्रृंखलामा बरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेकोमा तेश्रो श्रृंखलामा हमालको सहभागिता हुने भएको हो ।

जनवरी २९ शनिबार न्युयोर्क समय अनुशार बेलुका साढे ८ बजेदेखि साढे १० बजेसम्म हुने कार्यक्रममा विश्वका जुनसुकै कुनाबाट पनि सहभागी हुन सकिनेछ । कार्यक्रममा जुममार्फत सहभागी हुन सकिने र सहभागी पहिलो व्यक्ति नै कार्यक्रमको प्रमुख अतिथि हुने आयोजकले जानकारी दिएका छन् । गफगाफ र अन्तरकृयाका रुपमा संचालन हुने यो कार्यक्रममा हरेक सहभागीले सकृय रुपमा सभागिता जनाउन सक्ने जनाइएको छ ।

कार्यक्रममा सहभागी हुनका लागि यो लिंकमा क्लीक गरेर रजिष्ट्रेशन गर्न सकिनेछ । जुम आईडी ८५७ १७९५ ३०३५ रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com