नेपाल यो वर्ष पनि भ्रष्टाचार व्याप्त देशको सूचीमा


प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार

बढी भ्रष्टाचार गर्ने देशहरुको सूचीमा नेपाल यो वर्ष पनि अघिल्लो वर्षकै अवस्थामा रहेको छ । भ्रष्टाचारविरुद्धको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको भ्रष्टाचार मापन अवधारणा सूचकाङ्कमा नेपाल ३३ आक प्राप्त गरी ११७औँ स्थानमा सूचीकृत भएको छ । गएको वर्ष पनि नेपाल ३३ अङ्कसहित एक सय १७औँ स्थानमै थियो ।

नेपालमा भ्रष्टाचारको अवस्थामा सुधार देखिएको छैन । ट्रान्सपरेन्सी इन्टरनेसनलले जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा नेपालको अवस्था यथावत छ ।

नेपालको स्थान यथावत रहनुले भ्रष्टाचार नियन्त्रणमा खासै केही प्रगति हुन नसकेको ट्रान्सपरेन्सीको भनाइ छ । ‘अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनअनुसार दक्षिण सुडान कुल १०० मा ११ अंक लिएर सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको स्थानमा परेको छ । यसैगरी डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेका छन् ।

नेपाल १०० अंकमा ३३ अंक लिएर मध्यम भ्रष्टाचार हुने मुलुकको सूचिमा रहेको हो । ट्रान्सपरेन्सीले सन् १९९५ देखि यता हरेक वर्ष भ्रष्टाचार तथा सुशासनका अवस्था अध्ययन गरेर मुलुकहरुको सूची इन्डेक्ससहित सार्वजनिक गर्दै आएको छ ।

दक्षिण एसियाली देशहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरी २५औँ स्थान तथा माल्दिभ्स र भारत ४०र४० अङ्क प्राप्त गरी ८५औँ स्थानमा छन् । ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् १९९५ देखि प्रत्येक वर्ष भ्रष्टाचार मापक सूचकाङ्क सार्वजनिक गर्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com