ट्रम्पविरुद्ध मुद्दा दायर गरिने


प्रकाशित मिति : जेष्ठ ३०, २०७४ मंगलबार

जेष्ठ ३०, २०७४- अमेरिकाको मेरिल्यान्ड राज्यका महान्यायाधिवक्ताहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले संविधानको भ्रष्टाचारविरोधी दफाको उल्लंघन गरेको आरोप लगाउँदै उनीविरुद्ध सोमबार मुद्दा दायर गर्ने भएका छन् । ट्रम्पले हाइटहाउसमा कार्यभार सम्हालेयता विदेशी सरकारबाट लाखौं रकम र सुविधा लिएको आरोप लगाउँदै मुद्दा दायर गरिने उनीहरूले बताएका हुन् ।

ट्रम्पले राष्ट्रपति बन्दा आफ्नो कम्पनीबाट स्वामित्व नरहने भनी घोषणा गरेको विषयलाई केन्द्रबिन्दु बनाउँदै मुद्दा दायर गर्न लागेका हुन् । कुनै पनि सरकारी अधिकारीले राष्ट्रपतिविरुद्ध मुद्दा दायर गर्न लागेको यो पहिलोपटक हो । गत जनवरीमा राष्ट्रपति पद सम्हालेलगत्तै ट्रम्पले आफ्नो व्यवसायको सम्पत्तिलाई आफ्ना छोराहरूको व्यवस्थापनमा ट्रस्टमा परिवर्तन गर्ने बताएका थिए ।

डीसीका महान्यायाधिवक्ता कार्ल ए र्‍यासिन र मेरिल्यान्डका ब्रियान ई फ्रोसले ट्रम्पले सरकारी जिम्मेवारी र निजी व्यावसायिक स्वार्थलाई अलग गर्ने भनी गरेका प्रतिबद्धता कार्यान्वयन नगरेको बताएका छन् ।

ट्रम्पका छोरा एरिकले आफ्ना पिताले कम्पनीको आर्थिक स्थितिबारे नियमित अपडेट लिने बताएका थिए । वासिङटन पोस्टलाई प्राप्त महान्याधिवक्ताहरू र्‍यासिन र फ्रोसद्वारा हस्ताक्षरित मुद्दामा ट्रम्पले संविधानको व्यापक उल्लंघन गरेको आरोप लगाइएको छ । मुद्दामा ट्रम्पले आफ्ना व्यापारिक साम्राज्यलाई निरन्तरता दिएर अमेरिकी राजनीतिक प्रणालीको एकतामाथि आँच पुर्‍याएको आरोप पनि लगाइएको छ ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com