यो बर्ष अहिलेसम्मकै धेरै झण्डै ३ लाखलाई रोजगारमा आधारित ग्रिनकार्ड दिने युएससीआईएसको लक्ष्य


प्रकाशित मिति : माघ ८, २०७८ शनिबार

यो बर्षका रोजगारमा आधारित सबै ग्रिनकार्ड प्रयोग गर्न आफूहरु प्रतिवद्ध रहेको युएससीआईएसले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयसँगको सहकार्यमा रोजागारमा आधारित सबै ग्रिनकार्डहरु प्रयोग गर्न आफूहरु प्रतिवद्ध रहेको युएससीआईएसको भनाई छ ।

रोजगारमा आधारित आप्रवासी भिसा र ग्रिनकार्डका लागि योग्यलाई आवेदन दिन युएससीआईएसले प्रोत्साहन गरेको छ । चालु आर्थिक बर्षको ग्रिनकार्डको कोटा आगामी सेप्टेम्बरभित्र प्रयोग गरिसक्नुपर्ने प्रावधान रहेको छ । गत आर्थिक बर्षमा कोरोनाको महामारीका कारण रोजगारमा आधारित ग्रिनकार्डका सबै कोटा प्रयोग भएका थिएनन् । जसका कारण चालु आर्थिक बर्षका लागि उपलब्ध ग्रिनकार्डको कोटा अत्यन्तै उच्च रहेको छ ।

हरेक बर्ष १ लाख ४० हजार रोजगारमा आधारित ग्रिनकार्डहरु उपलब्ध हुने भएतापनि गत आर्थिक बर्षमा कोरोना महामारीका कारण पूरै संख्या प्रयोग नहुँदा यो बर्षका लागि रोजगारमा आधारित ग्रिनकार्डको कोटा २ लाख ९० हजार भन्दा धेरै रहेको छ । गत आर्थिक बर्षमा १ लाख २२ हजारभन्दा धेरै थप रोजगारमा आधारित ग्रिनकार्डहरु उपलब्ध रहेकोमा नियमित १ लाख ४० हजार जोड्दा २ लाख ६२ हजारभन्दा धेरै रोजगारमा आधारित ग्रिनकार्डहरु उपलब्ध रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोजागरमा आधारित ग्रिनकार्डहरु पाँचवटा श्रेणीमा उपलब्ध हुदै आएका छन् । जसमध्ये सबैभन्दा धेरै ईबी वान, ईबी टु र ईबी थ्री श्रेणीका ग्रिनकार्डहरु प्रयोग हुँदै आएका छन् । पहिलो श्रेणी ईबी वानमा विज्ञान, कला, शिक्षा, व्यापार, वा एथलेटिक्समा असाधारण क्षमता भएका विदेशीहरू, उत्कृष्ट प्रोफेसर र शोधकर्ताहरू वा निश्चित बहुराष्ट्रिय प्रबन्धक र कार्यकारीहरू पर्छन् । यो श्रेणीमा जागिरको अफर र लेबर सर्टिफिकेशन आवश्यक नपर्ने भएकाले रोजगारदाता विना नै आफै वा वकिलको सहायतामा आवेदन दिन सकिन्छ ।

ईबी टु श्रेणीमा एड्भान्स डिग्री भएका पेशाकर्मीहरु वा सदस्य हुन् वा विशिष्ट क्षमता भएकाहरु पर्छन् । यो श्रेणीमा जागिरको अफर विना र लेबर सर्टिफिकेशन विना आवेदन दिनका लागि राष्ट्रिय रुचीका छुटका लागि आवेदन दिन सकिन्छ । त्यस्तो छुट पाउनेहरुले रोजगारदाता विना नै आफै वा वकिलको सहायतामा आवेदन दिन सकिन्छ । छुट नपाउनेहरुलाई रोजगारदाताका तर्फबाट जागिरको अफर र लेबर सर्टिफिकेशन सहित फाइल गर्नुपर्छ ।

ईबी थ्री श्रेणीमा दक्ष कामदारहरू, पेशेवरहरू, वा अन्य कामदारहरू पर्छन् । यो श्रेणीको ग्रिनकार्ड रोजगारदाताले फाइल गर्नुपर्छ भने जागिरको अफर र लेबर सर्टिफिकेशन आवश्यक पर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com