विदेशमा रहेका नेपालीको सीप र दक्षता नेपालमा उपयोग गर्ने वतावरण बनाउनुपर्छ


प्रकाशित मिति : भाद्र १२, २०७३ आईतबार

 

सोनाम लामा

नेपालमा लगानीको सन्दर्भमा हाइड्रो, कृषि, मेडिकल र पर्यटनमा लगानीको विषयमा एनआरएनएले उपलब्धी हासिल गरेको छ । गैर आवासीय नेपाली नागरिकताको एजेण्डा लगभग पूरा भएको छ । गैरआवासीय परिचयपत्रहुँदै गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने निर्णय भएपनि अब बन्ने नागरिकता ऐनमा विदेशमा जन्मे हुर्केको दोश्रो पुस्ताका लागि गरिने व्यवस्थाबारे आवाज उठाउनु जरुरी छ । नागरिकता ऐनमा विदेशमा भएको दोश्रो पुस्ताका लागि गरिने व्यवस्थाबारे स्पष्ट हुन जरुरी छ । एनआरएनमात्र नभएर विदेशीहरुले पनि नेपालमा लगानीको वातावरण बनाउन नेपालमा स्थायी सरकार हुन जरुरी छ ।

अब एनआरएनको एजेण्डा र कार्यविधिमा परिवर्तनको जरुरी छ । विदेशमा भएका नेपालीमा रहेको दक्षता, क्षमता, ज्ञानलाई नेपालमा लगानी गर्ने वातावरण बनाउनुपर्छ । पैसाको कुरामात्र नभई विदेशमा हासिल गरेको ज्ञान पनि नेपालका लागि महत्वपूर्ण हुन्छ । अब मुलुकमा आर्थिक समृद्धिको बेला भएको छ । त्यसका लागि एनआरएनले राष्ट्र निर्माणमा सच्चा साझेदार बनेर काम गर्नुपर्छ । एनआरएनलाई राष्ट्रसंघजस्तो विदेशमा बस्ने सबै नेपालीहरुको साझा संगठन बनाउन जरुरी छ । दोश्रो , तेश्रो पुस्ताका नेपालीलाई नेपालप्रति नजिक ल्याउनका लागि विभिन्न कामहरु गर्न जरुरी छ ।

अबको चारबर्षभित्र एनआरएनले नेपालमा आर्थिक दिगोपन ल्याउने दिशामा काम गर्नुपर्छ । विदेशमा भएका नेपालीलाई नेपालप्रति कसरी नजिक ल्याउने भन्नेबारेमा विशेष कार्यक्रम ल्याउन जरुरी छ । नत्र दोश्रो पुस्ता नेपालबाट टाढा हुनेछ र उसमा नेपालीत्वको कुनै प्रभाव रहनेछैन ।
त्यो बाहेक नेपालमा एनआरएनको सामुहिक लगानीका लागि वातावरण बनाउनुपर्छ । तर लगानीको कुरामात्र नभई ज्ञान र दक्षतालाई उपयोग गर्नेतर्फ विशेष प्राथमिकता दिन जरुरी छ । काठमाडौंमा एनआरएनएको हेडक्वाटर बनाएपछि सबैदेशका प्रतिनिधीहरुको सम्बन्ध बढ्दै जानेछ । त्यहाँ आफ्ना आफ्ना क्षेत्रको कार्यालय हुनेछन् र उनीहरुले त्यस क्षेत्रका समस्याहरु हेर्नेछन् । एनआरएनका समस्याहरु समाधानका लागि त्यो कार्यालयले काम गर्नेछ ।

एनआरएनभित्र हुने दलगत राजनीतिलाई निषेध गर्दै जानुपर्छ । एनआरएनए संगठनमा आउनेहरुको पृष्ठभूमी राजनीतिक हुनसक्छ । तर उसले एनआरएनभित्र हुँदा राजनीतिक आस्थाका आधारमा काम गर्नुहुँदैन । कम्तीमा दुईबर्षभित्रको कार्याकालमा दलगत राजनीति गर्नुभएन । एनआरएनए पार्टीको होइन, विदेशमा बस्ने नेपालीहरुको संस्था हो भनेर आफू जिम्मेबार हुनुपर्छ ।

नेपालमा रोजगार सृजना गर्नेतर्फ एनआरएनएले ध्यान केन्द्रीत गर्नुपर्छ । कम दक्षलाई नेपालीले विदेशमा गएर दुख पाएका छन् । कम दक्षहरुलाई दक्ष बनाएर नेपालमै रोजगारीको अवस्था सृजना गर्ने वातावरण बनाउनुपर्छ भने विदेशमा भएका दक्षहरुलाई नेपालमा आफ्नो दक्षताको उपयोग गर्ने वातावरण बनाउनुपर्छ ।

एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका संयोजक लामा एनआरएनए नवौं क्षेत्रीय सम्मेलनका संयोजक हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com