भिजिट भिसामा खाडी र मलेसिया जान रोक


प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार

सरकारले भिजिट भिसामा खाडीका राष्ट्र र मलेसिया जान रोक लगाएको छ । विभिन्न उद्देश्यले भिजिट भिसामा खाडी र मलेसिया पुगेका नेपाली बिचल्लीमा पर्ने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता मुलुकमा भिजिट भिसामा जान रोक लगाएको हो ।

यही माघ १० गतेदेखि ती मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

नेपाली युवायुवती भिजिट भिसामा खाडीका मुलुक र मलेसियामा पुगी विभिन्न गतिविधिमा संलग्न हुने गरेका छन् । शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी २०७८ माज्ञ १० गतेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि ती राष्ट्रमा भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाइएको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com