बेलायतमा नेपाली नर्स पठाउन सम्झौता गरिदै, पहिलो चरणमा २ हजार जना पठाइने


प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार

This was captured well waiting for the doctor who was busy at the time

बेलायतमा नेपाली नर्स ल्याउने सम्बन्धमा बेलायत र नेपाल सरकारबीच सम्झौताको गृहकार्य अन्तिम चरणमा पुगेको छ । बेलायत सरकारले नेपाली नर्सहरुलाई रोजगारीका लागि आफ्नो देशमा ल्याउने सम्बन्धी सम्झौता हुन लागेको जनाइएको छ । सम्झौतापछि नेपाली नर्स रोजगारीका लागि बेलायत ल्याउने प्रक्रिया अगाडि बढ्नेछ ।

नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत लैजानेबारे छलफल गर्न लागेको छ । बेलायत सरकारले एक पत्र पठाएपछि मन्त्रालयले दुबै पक्षबाट कार्यदल बनाएर वार्ता अघि बढाउन बेलायत सरकारलाई प्रस्ताव गरेको थियो । त्यसैअनुसार बेलायतले नेपालस्थित दूतावासका एक अधिकारीको नेतृत्वमा वार्ता टोली बनाएको छ । बेलायतसँग करार अवधि, श्रमिकको हित, सुविधा र छनोट विधिसहितका प्रक्रिया बारेमा छलफल हुनेछ ।

बेलायत सरकारले नेपालबाट १० हजार नर्सको माग गरे पनि पहिलो चरणमा दुई हजार नेपाली नर्सलाई पठाइने जनाइएको छ । बेलायतले नर्स रोजगारीका लागि अंग्रेजी भाषामा निपूर्ण हुनुपर्ने शर्त राखेको छ  जस अनुशार नेपाली नर्सले आयल्ट्समा ७ स्कोर ल्याउनुपर्नेछ ।

बेलायत सरकार र नेपाली सरकारमार्फत नर्सलाई रोजगारीका लागि पठाइने छ । बेलायत सरकारको सर्तअनुसार नै सरकारमार्फत नै नेपाली नर्सलाई बेलायत पठाउन लागिएको हो । यसमा निजी क्षेत्रको संलग्नता नहुने जनाइएको छ । बेलायतले ‘नेशनल हेल्थ प्रोग्राम’ अन्तर्गत नेपाली नर्सलाई लैजाने भएको हो ।

सरकारले नेपाली नर्सलाई शून्य लागतमा बेलायत रोजगारीका लागि पठाउने तयारी गरेको छ । रोजगारीका लागि बेलायत जाने नर्सको भाषा परीक्षा, स्वास्थ्य परीक्षण, भिसा, टिकट, बिमालगायत सबै खर्च बेलायत सरकार आफैंले व्यहोर्ने भएको छ । बेलायतमा नेपाली नर्सले मासिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने सरकारले अनौपचारिक जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com