तीन दशकदेखि पत्रकारितामा सकृय माधव नेपाललाई जिपी कोईराला स्मृति पत्रकारिता पुरस्कार


प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार

नेपाल प्रेस युनियन रुपन्देहीले प्रदान गर्दै आएको जिपी कोईराला स्मृती पत्रकारिता पुरस्कार पत्रकार माधव नेपाललाई प्रदान गर्ने भएको छ । युनियनले आफ्ना सल्लाहकार तथा संस्थापक सचिव,पुर्व केन्द्रिय सदस्य, बिबिसी नेपाली सेवामा कार्यरत नेपाललाई जिपी कोईराला स्मृती पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत गर्ने भएको हो ।

युनियनको बिहीबार बसेको नियमित बैठकले नेपाललाई पुरस्कृत गर्ने निर्णय गरेको सभापति रेखा भुषालले जानकारी दिनुभयो । तीन दशकदेखि निरन्तर पत्रकारिता गर्दै आउनु भएका नेपाललाई युनियनले २५ हजार नगद राशि सहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

पत्रकारिता पुरस्कार छनोट समितिले नेपालको नाम प्रस्ताव गरेको र बिहीबारको नियमित बैठकले उक्त प्रस्तावलाई पारित गरि पुरस्कृत गर्ने निर्णय गरेको भुषालले जानकारी दिनुभयो ।

पुरस्कार छनोट समितिमा युनियनका पुर्व सभापती तथा सल्लाहकार खिमानन्द भट्टराई संयोजक तथा पुर्व सभापती तथा सल्लाहकार हरिष ढकाल र सभापति रेखा भुषाल सदस्य हुनुहुन्थियो । युनियनले एक कार्यक्रमको आयोजना गरी पुरस्कार बितरण तथा सम्मान कार्यक्रम गर्ने जनाएको छ । पत्रकार नेपाल बुटवल एफएम र तिलोत्तमा राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक समेत हुनुहुन्छ ।

यसैबीच पुरस्कार वितरण कार्यक्रम सम्पन्न गर्न युनियनका उपसभापति दिपक घिमिरेलाइ संयोजकको जिम्मेबारी दिएको छ । यस्तै सदस्यता नविकरण तथा विस्तारका लागि उपसभापति कविन्द्र नेपालको संयोजकत्वमा पाँच सदस्यीय समिति समेत बनाइएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com