‘दर्ता विना चलाएका अनलाइन र युटुबलाई नियन्त्रण गरिन्छ’


प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार

नेपालमा पछिल्लो समय विनादर्ता सञ्चालन हुने अनलाइन तथा युटुबले गलत समाचार सम्प्रेषण गर्नेक्रम बढेकाले नियमन गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । सोलुखुम्बुमा सम्पन्न पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइसम्बन्धी एकदिने कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समयमा विनादर्ता सञ्चालन हने युटुब र अनलाइनका कारण समस्या सिर्जना भएको भन्दै यसलाई नियन्त्रण गर्नका लागि काउन्सिलले गृहकार्य गरिरहेको बताउनुभयो ।

पैसा कमाउने आशमा मानिसको चरित्र हत्या भइरहेकाले यस्ता युटुब च्यानललाई व्यवस्थित तथा नियमनका लागि सरकारले पनि ठोस योजना ल्याउनुपर्ने उहाँको भनाइ छ ।

प्रेस काउन्सिलमा हालसम्म तीन हजार दुई अनलाइन, एक हजार ३०० रेडियो, ४०० छापा र दुई टेलिभिजन सञ्चालनका लागि दर्ता भएको तथ्याङ्क रहेको छ । काउन्सिलका सदस्य ठाकुर बेलवासेले पत्रकारको अदालत काउन्सिल भएको भन्दै कुनै पनि गुनासो तथा उजुरी भए निर्धक्क भएर उजुरी गर्न सकिने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युटुब च्यानलका कारण पछिल्लो समय नेपालको पत्रकारिता धरासायी बन्दै गएको भन्दै उहाँले स्वच्छ पत्रकारितालाई जोड दिन आग्रह गर्नुभयो । पत्रकारिता पेशासँग नभई प्रतिष्ठासँग जोडिएको उहाँको भनाइ छ ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दे सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जिल्लामा व्यावसायिक पत्रकारिताले निरन्तरता पाएको भए पनि नेपालको अवस्था कमजोर रहेको उहाँको भनाइ छ । पत्रकारले नागरिकको आवाज बोल्नुपर्ने भए पनि अहिले क्यामेरा देख्दा नागरिक भाग्नुपर्ने अवस्था सिर्जना भएकाले नियनकारी निकायको क्रियाशीलता बढ्नुपर्ने उहाँको भनाइ छ ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कट्वालले पत्रकार आफैँ अनुसन्धानकर्ता बन्दा समस्या सिर्जना हुने गरेको बताउनुभयो । प्रहरीले अनुसन्धान गरिरहेका विषयलाई मिडियामा ल्याउने तथा स्रोतको संरक्षण नगर्दा अपराध अनुसन्धानमा समेत असर पुग्ने गरेकाले यसतर्फ नियमनकारी निकायको ध्यान जानुपर्ने बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका निवर्तमान अध्यक्ष मनोजकुमार श्रेष्ठले २०६१ सालदेखि व्यावसायिक पत्रकारिताको सुरुआत भएको भन्दै पत्रकार आचरसंहिताको पूर्णरुपमा पालना भइरहेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घ सोलुखुम्बुका संस्थापक अध्यक्ष नारायणकुमार श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ ओखलढुङ्गाका अध्यक्ष लाक्पा जि शेर्पा, सशस्त्र प्रहरी बल सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक दिनेश शर्मालगायत विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिसहित जिल्लाका क्रियाशील सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com