अध्यक्ष माधव कुमार नेपाल कोरोना संक्रमण


प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । आशङ्का लागेर स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

कोटेश्वरस्थित निवासमा आराम गरिरहनुभएका अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसैगरी एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल पनि कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com