बालबालिकालाई आजदेखि उपत्यकाकामा कोरोनाविरुद्धको खोप दिँदै


प्रकाशित मिति : पुस २६, २०७८ सोमबार

सरकारले काठमाडौं उपत्यकामा आजदेखि बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप दिँदै छ । १२ देखि १८ वर्षभन्दा मुनिको उमेरका बालबालिका तथा विद्यार्थीहरुलाई खोप दिन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै आज (मंगलबार) देखि उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा उक्त खोप लगाउने जानकारी दिएको हो । यद्यपि तीनै जिल्लाका स्थानीय तह तथा वडाहरुमा भने बालबालिकाहरुलाई केही दिनअगाडिदेखि नै खोप दिन थालिएको छ ।

आजबाट भने सबै स्थानमा अनिवार्य खोप अभियान सुरु गरिन लागेको हो । विद्यार्थी तथा बालबालिकालाई उमेर खुल्ने कागजातको आधारमा तोकिएका खोप केन्द्रहरुबाट खोप दिइनेछ । उनीहरुलाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ । तर खोप लगाउँदा आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न र भीडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com