आइतबार साँझदेखि हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ । हवाई सेवा अवरुद्ध भएपछि यात्रु सिमकोटमै थन्किएका छन् ।
सिमकोटमा हिमपातका साथै बादल लागेका कारण यहाँदेखि नेपालगञ्ज र सुर्खेतका हुँदै आएको नियमित उडान हुन सकेको छैन । सीता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लामा उडान भर्दै आएका थिए ।
हुम्ला पुग्नुपर्ने यात्रु नेपालगञ्ज र सुर्खेतमै रोकिएका छन् । टिकट काटे पनि हिमपातका कारण गन्त्व्यमा पुग्न नसकिएको स्थानीय हेमन्त बोहराले बताउनुभयो । बोहरा नेपालगञ्ज हुँदै काठमाडौँ जाने तयारीमा रहनुभएको थियो ।
हवाई उडान बन्द भएपछि खाद्यान्न ढुवानी हुन सकेको छैन । नेपालगञ्ज र सुर्खेतबाट निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान ढुवानी हुन सकेको छैन ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । खेती फष्टाउने भन्दै उनीहरु खुसी भएका हुन् । हिमपात हुँदा खेतबारीमा लगाएको गहुँ, जौ र उवा उत्पादन राम्रो हुने खार्पुनाथ गाउँपालिका–१ का मनोज विकले बताउनुभयो ।
हिमपातपछि उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टर बनेको छ । नाम्खाको चाला, यारी, तिल, जाङ्हल्जी, लिमी, मुचु र हिल्सामा बाक्लो हिमपात भएको छ । फाईल फोटो
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।