हुम्लामा वर्षकै ठूलो हिमपात,तापक्रम माइनस १२ भन्दा तल


प्रकाशित मिति : पुस २४, २०७८ शनिबार

शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । एक फिट जमेको हिउँले गर्दाे स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ ।

 

हुम्लाको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ । हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो “यस वर्षकै ठूलो हिमपात भयो । घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन् ।”

 

अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका छन् । निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो । हिमपातले अहिलेसम्म घटना नघटेको पनि जनाइएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com