माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि


प्रकाशित मिति : पुस २३, २०७८ शुक्रबार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  (प्रचण्ड) दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही असहजता देखिएकोले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा दाहाललाई कोरोना पोजिटिभ देखिएको छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । अध्यक्ष  दाहाल  अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहको छ ।

उनको निजी सचिवालयले केही दिनयता दाहालको सम्पर्कमा रहेका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ । डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको पनि दाहालको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

यस्तै अर्का नेता श्रेष्ठलाई पनि शुक्रबार पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको हो । चिकित्सकको सल्लाहअनुसार नेता श्रेष्ठ १४ दिन आइसोलेशनमा बस्नुपर्ने भएको उनका  स्वकीय सचिव  जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com